झापा- नेपाली कांग्रेसको क्षेत्रीय समितिहरूले प्रतिनिधि सभा निर्वाचनसँगै राष्ट्रिय सभा निर्वाचनका लागि पनि उम्मेदवार सिफारिस गरेका छन्।
झापा क्षेत्र नं ३ र ५ ले आ–आफ्नो क्षेत्रबाट राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेर पठाएका हुन्।
झापा क्षेत्र नं ३ बाट राष्ट्रिय सभा निर्वाचनका लागि दयानन्द गोस्वामी, ओम सरावगी र प्रेमविक्रम भट्टराईको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिएका छन्।
त्यसैगरी, क्षेत्र नं ५ ले पनि राष्ट्रिय सभा निर्वाचनका लागि तीन जना उम्मेदवारको नाम पठाएको छ। क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीका अनुसार शेरबहादुर भट्टराई, नौतली राजवंशी र अनिलकृष्ण प्रसाईको नाम सिफारिस गरिएको हो।
यसअघि, क्षेत्रीय समितिहरूबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस मागिने र जिल्ला समितिले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेर पठाउने बताइएको थियो।
तर, क्षेत्रीय समितिहरूले दुवै सदनका लागि उम्मेदवारहरूको नाम एकैसाथ पठाएका छन्।
