Author: खबरमञ्च

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन्। मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको दाबी छ। स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी गरे। अध्यक्ष ओलीले मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको बताए। भारतलाई खुशी पार्न प्रधानमन्त्री प्रचण्डले त्यहाँबाट आउने…

Read More

काठमाडौं । उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएको छ । उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट अन्नपूर्ण अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनी दिउँसो सवा २ बजे खसेका थिए। प्रहरीका अनुसार उनी रूफटपमा एक्लै बसेका थिए। एक्कासी ठूलो आवाज आएपछि क्याफेका कर्मचारी तथा सञ्चालकले हेर्दा उनी खसेको देखेका थिए। उपचारको क्रममा साढे ५ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

Read More

नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन्।

Read More

आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् । यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै उनले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गरे । पूर्वसभामुख पौडेलले भने, ‘संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, जनताले अपेक्षा गरेअनुसारको यदि मैले आचरण र संविधानको…

Read More

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ म विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले शुक्रबार प्रदेशसभा सचिवालयलाई २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै पत्र पठाएका छन् । सभामुख भीमबहादुर भण्डारीले आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी व्यवस्थापन भइरहेको जानकारी दिए । २६ माघमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि अहिले सम्म विश्वासको मत लिएका थिएनन् । अब २१ गते विश्वासको मत लिने उनको तयारी छ…

Read More

सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ।. २०७६ को माघीमा टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने भन्दै दाहालले दिएको अभिव्यक्ति विरुद्ध गत परेको रिट दरपीठ गर्ने निर्णयविरुद्ध मंसिर ७ गते सर्वोच्चमा रिट परेको थियो। अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले यही विषयलाई लिएर प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । तर, प्रशासनले राजनीतिक प्रकृतिको रिट भए भन्दै रिट दरपीठ गरेको थियो । दरपीठ आदेशविरुद्ध निवेदकहरुले सर्वोच्चमा दिएको अर्को निवेदनका आधारमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले निवेदन दर्ता…

Read More

काठमाडौं। नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनीबिरुद्धको खेलमा रोमाञ्चक जित निकालेको छ। ओपनर आसिफ शेख अन्तिमसम्म क्रिजमा टिकेर नेपालका लागि महत्त्वपूर्ण जित दिलाएका छन्। आसिफले १३० बलमा अविजित ८६ रन बनाए। ३४औं ओभरमा नेपालले सातौं विकेट गुमाएर १०५ रन बनाएको समयमा आएका लामिछानेले शेखसँग संयमपूर्ण साझेदारी गरे। नेपालको लगातार विकेट गुम्न थालेपछि सन्दिप नियमित भन्दा दुई स्टेप अगाडि ब्याटिङका लागि ल्याइएको थियो। नेपालको उक्त रणनीति सफल सावित भएको छ। बलर लामिछानेको ब्याटबाट नेपालका लागि ५० बलमा ३५ निस्किएको छ। नेपालका अधिकांश ब्याटरहरुले दोहोरो अंक समेत जोड्न नसकेको अवस्थामा लामिछानेले उक्त योगदान गरेका हुन्। नेपालका लागि कुशल मल्लले…

Read More

काठमाडौं । नेकपा एमाले झापा जिल्ला कमिटी उपसचिव तथा भद्रपुर नगरपालिकाकी पूर्व उपमेयर चन्द्रकला श्रेष्ठसहित चारजनाले एमाले परित्याग गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै श्रेष्ठसहित बाह्रदशीका प्रदेश सदस्य पदम थापा, ३ नम्बर क्षेत्रीय सदस्य सज्जाद आलम, हलोदिन मिया र रहिम मियाले एमाले परित्याग गरेको जनाएका छन् । पार्टीमा व्यक्तिवाद हाबी भएको,झापा ३ राप्रपालाई जिम्मा लगाएर एमाले कार्यकर्तामाथि दमन गरिएको तथा आफू उपसचिव भए पनि पदाधिकारी बैठकमा समेत नबोलाइएको श्रेष्ठले बताएकी छन् । तत्काल कुनै पार्टीमा प्रवेश नगर्ने समेत उनीहरुले विज्ञप्तिमा जनाएका छन् ।

Read More

काठमाडौं । नेपालका चिया बगानमा उत्पादन भएको अर्गानिक चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल ठहरिएको छ । चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको छ । चीन, भारत, श्रीलंका, केन्यालगायत मुलुकमा उत्पादन भएका चियाका सयौं नमुना प्रतिस्पर्धामा सहभागी थिए । प्रतिस्पर्धाबाट इलामको तीनजुरे किसान सहकारी संस्थाले उत्पादन गरेको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट गुणस्तरको ठहरिएपछि ग्राण्ड गोल्ड मेडल प्राप्त भएको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताए । ‘चियाको गुणस्तरमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ,’ उनले…

Read More

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि लक्षित गरी लागू गरिएको आचारसंहितामा सामाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट हुन सक्ने आचारसंहिता उल्लंघनप्रति सजगता अपनाएको छ । निर्वाचन आचारसंहिता उल्लंघनका घटनालाई नियन्त्रण गर्न त्यसप्रति सजगता अपनाइएको आयोगले जनाएको छ । आयोगले फागुन १७ देखि चैत ५ गतेसम्म लागू हुने आचारसंहिता जारी गरेको हो । आयोगले ‘निर्वाचन आचारसंहिता २०७९’ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड–७२, सङ्ख्या ३२ मा प्रकाशित गरेको थियो । गत वैशाख ३० गते र मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा सामाजिक सञ्जालबाट भएका निर्वाचन आचारसंहिता उल्लंघनका घटना नियन्त्रण गर्न आयोगलाई निकै कठिनाइ भएको थियो । सामाजिक…

Read More