सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ।.
२०७६ को माघीमा टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने भन्दै दाहालले दिएको अभिव्यक्ति विरुद्ध गत परेको रिट दरपीठ गर्ने निर्णयविरुद्ध मंसिर ७ गते सर्वोच्चमा रिट परेको थियो।
अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले यही विषयलाई लिएर प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । तर, प्रशासनले राजनीतिक प्रकृतिको रिट भए भन्दै रिट दरपीठ गरेको थियो ।
दरपीठ आदेशविरुद्ध निवेदकहरुले सर्वोच्चमा दिएको अर्को निवेदनका आधारमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो।
Facebook Comments Box
