Author: खबरमञ्च

काठमाडौँ । मधेस सरकारबाट नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएको छ । मधेस सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा बुझाएपछि सरकारबाट समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्रले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मधेस सरकार अल्पमतमा परेको छ । प्रदेशका १ सय ७ प्रदेस सभा सदस्यहरुमध्ये मधेस सरकार बनाउन ५४ प्रदेस सभा सदस्यको समर्थन आवश्यक हुन्छ । पछिल्लो पटक ६१ प्रदेस सभा सदस्यहरुको विश्वासको मत पाएका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको हो । प्रदेस सभामा माओवादी केन्द्रका ९ प्रदेस सभा सदस्य रहेका छन् । यसअघि आइतवार नै मधेस सरकारबाट नेकपा (माओवादी केन्द्र)…

Read More

काठमाडौँ । संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग गर्नुभएको छलफल पनि बिना निष्कर्ष सकिएको छ । आइतवार अपरान्ह सिंहदरबारमा बोलाइएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतकहरुको बैठकमा पनि काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान दोहोर्याएपछि बैठक बिना निष्कर्ष सकिएको हो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीबारे संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान राखेको थियो । सहकारीमा भएको अर्बौंको ठगीको विषयमा उपप्रधानमन्त्री लामिछानेको पनि संलग्नता रहेको हुनाले सो विषयमा संसदीय छानविन समिति गठन नगरेसम्म संसद चल्न नदिने कुरा बैठकमा पार्टीको अडान प्रश्तुत…

Read More

जनकपुरधाम । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । रकम लुट्नेमा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको जनाएको छ । गत वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री वचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम १९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए ।

Read More

काठमाडौँ । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् । नेपाली खेलकुदको लामो इतिहास बोकेको ब्याडमिन्टनले पहिलोपल्ट ओलम्पिक खेल्ने लागेको हो । जुनियर विश्व ब्याडमिन्टन वरीयताको पहिलो स्थान पुगेर इतिहास रचिसकेका प्रिन्सले फेरि अर्को इतिहास बनाएका छन् । ब्याडमिन्टन संघ २००८ सालमा स्थापना भएपछि नेपालमा संस्थागत रूपमा ब्याडमिन्टन खेलिन थालेको हो । तर, त्यो भन्दा धेरै अगाडिदेखि नेपालमा ब्याडमिन्टन खेलिने गरेको इतिहास भेटिन्छ । लामो इतिहासको सेरोफेरोमा पहिलो पटक यस खेलले ओलम्पिक खेल्ने सफलता पाउनु नेपालका लागि ठूलो उपलब्धि भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताए । फ्रान्सको पेरिसमा जुलाई २६ देखि अगस्ट ११ सम्म हुने ओलम्पिकका लागि ब्याडमिन्टनमा…

Read More

काठमाडौँ । वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन्। सशस्त्रद्वन्द्व कालका जघन्य अपराध गरेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले पदमा बस्ने नमिल्ने केसीले तर्क गरे । काठमाडौंको पशुपति क्षेत्रस्थित मृगस्थलीमा प्रधानमन्त्री दाहालको राजीनामासहित ४ बुँदै माग राख्दै आमरण अनसनमा बसेका उनले संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहाल अभियुक्त भएकाले देश चलाउन नमिल्ने बताए । उनले प्रधानमन्त्री दाहालले पदबाट तत्काल राजीनामा दिएर संक्रमणकालिन न्यायलाई टुंगोमा पुर्‍याउन सहयोग गर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले अभियुक्त भएर देश चलाउने कुनै अधिकार नभएको वरिष्ठ चिकित्सक केसीको भनाइ थियो । उनले द्वन्द्वकालको मुख्य अभियुक्त हुँदाहुँदै दाहाल प्रधानमन्त्री बन्दा पनि अरुले त्यसको विरोध नगरेकोमा आक्रोश…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने दाबी गरेका छन् । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । तर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानविन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री दाहालले आइतबार बिहान काँग्रेस नेतृत्वसँग गम्भीरतापूर्वक छलफल गरेको र सोमबार बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढने वातावरण बन्ने विश्वास व्यक्त गरे । उनले काँग्रेससँग सहमतिको ढोका खोल्नका लागि आफूले गम्भीरतापूर्वक छलफल गरेको पनि स्पष्ट…

Read More

झापा । सर्वोच्च अदालतले गिरीबन्धु टी–इस्टेटको जग्गासम्बन्धी फैसलाको पूर्णपाठ शनिबार सार्वजनिक गरेको छ । सर्वोच्चले निश्चित उद्देश्यका लागि पाएको हदबन्दीभन्दा बढीको जग्गा अन्य प्रयोजनमा उपभोग वा साटफेर गर्न, मास्न वा बेचबिखन गर्न स्थायी रूपमै लगाम लगाइदिएको छ । सरकारबाट हदबन्दी छुट पाएको जग्गा दुरूपयोग गर्न मात्र होइन, बाँझो राखेको भेटिए पनि त्यसलाई सरकारकै स्वामित्वमा ल्याउने गरी सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वोच्चले हदबन्दी छुटसम्बन्धी अन्य जग्गाको हकमा समेत कडा सर्तसहितको ऐतिहासिक व्याख्या गरिदिएको छ । साथै, गिरीबन्धुको जग्गा यसअघि नै व्यक्तिका नाममा लैजाने गरी भएका निर्णय पनि बदर गर्दै सरकारका नाममा कायम गर्न पनि सर्वोच्चले परमादेश जारी गरेको छ । ‘हदबन्दी…

Read More

कैलाली । ‘नेपाल आइडल सिजन-२’ का विजेता रवि ओडलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वैवाहिक बलात्कार सम्बन्धि मुद्दामा कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रवि आफै प्रहरी कार्यालयमा उपस्थित भएपछि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ । ओडविरूद्व वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी लिएको थियो ।

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको यथेष्ट प्रमाणहरु सरकार आफैँसँग रहेको दाबी गरेका छन्। शनिवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि उनले सञ्चारकर्मीमाझ उपप्रधानमन्त्री लामिछानेले सहकारीमा गरेको गठीको यथेष्ट तथ्य र प्रमाणहरु सरकारी अड्डाहरुसँगै रहेको बताएका हुन् । जिबी राईसँग मिलेर उपप्रधानमन्त्री लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्ण लक्ष्मी लगायत थुप्रै सहकारीको हजारौं वचतकर्ताहरुको करोडौं रुपैयाँ गोर्खा मिडियालगायतका संस्थाहरु प्रयोग गरेर अपचलन गरेको, ठगी गरेकोमा कुनै पनि द्विधा नभएको भन्दै महामन्त्री थापाले तथ्य, प्रमाण खोज्न रुपेन्देहीको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता…

Read More

काठमाडौँ । अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिष्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने बताएका छन्। शनिवार चलचित्र महाजात्रा प्रदर्शनको ५१ औं दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताउनुभएको हो । उनले चलचित्र महाजात्रा दुई/तीन वटा हलमा सय दिनसम्म पनि चल्नसक्ने अनुमान गरे । उनले अहिले ५१ औं दिनसम्म पनि देशभरका १३ वटा सिनेमा हलमा चलचित्र प्रदर्शन भइरहेको बताए । उनले नेपाली चलचित्रको प्रतिष्पर्धा स्वदेशीसँग नभइ विदेशी चलचित्रसँग हुनुपर्ने र अर्बौं खर्चिएर बनाएका चलचित्रलाई करोड खर्च गरेर बनाएका नेपाली चलचित्रले जित्नुपर्ने बताए । उनले भने, ‘दुई तीन वटा हलमा त सय दिन पुग्छ होला पक्कै पनि । अहिले १३ वटा हलमा चलिरहेको…

Read More