Author: खबरमञ्च

झापा । वैदिक सनातन धर्म संरक्षण समिति झापाको आयोजना कनकाई कोटीहोममा तीन दिने वैदिक सनातन धर्म संरक्षणको विषयमा चिन्तन मन्थन कार्यक्रम शुक्रबारबाट सुरु भएको छ। कार्यक्रम आइतबार समापन हुने वैदिक सनातन धर्म संरक्षण समिति झापाले जनाएको छ। कार्यक्रममा भाग लिन आएका ब्राह्मणहरूका लागि आवासीय व्यवस्था मिलाइएको समितिका पदाधिकारीले जानकारी दिएका छन्। शुक्रबार सुरु भएको कार्यक्रममा बोल्दै कनकाई धाम समितिका अध्यक्ष शेरबहादुर थापाले कर्मकाण्ड गर्दा वा गराउँदा देखिएका समस्यालाई निराकरण गर्न जरुरी रहेको बताए। कार्यक्रममा बोल्दै पण्डित छन्दुराम भण्डारीले एकादशी ब्रत लिने परम्परामा पनि विवाद देखिएको बताए। यस्ता धेरै विवादलाई समाधान गर्नेमा चिन्तन मन्थन कार्यक्रम प्रभावकारी बन्ने उनले विश्वास व्यक्त गरे।…

Read More

काठमाडौँ । मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निणर्य गरेको छ । शुक्रवार गठित नयाँ मन्त्री परिषद्को पहिलो बैठकले यस्तो निणर्य गरेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताए । मुख्यमन्त्री सिंहसहित मन्त्रीहरुको शपथ ग्रहणसँगै शुक्रवार बसेको पहिलो मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्रीले पदभार ग्रहणका क्रममा गरेका निणर्यहरु पारित गर्दै थप एक निणर्य गरेको हो । मधेस प्रदेशमा आजमात्रै नयाँ सरकार गठन भएको हो ।

Read More

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वैज्ञानिक अभिलेखिकरणका लागि देशभरका जग्गाको पुनः नापी गर्नुपर्ने बताएका छन्। शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले देशभरका जग्गाको पुनः नापी गर्नु जरुरी भएको बताएका हुन् । उनले २०२१ सालपछि गरिएको नापी अहिले अव्यहारिक भइसकेको बताए । उनले विगतमा गरिएको नापी अनुरुपको जग्गा जमिन तथा वनजङ्गल नभएको भन्दै वैज्ञानिक अभिलेखिकरणका लागि पुनः नापी गर्नुपर्ने बताए । नापीको बेलामा बस्ती भएको ठाउँ अहिले जङ्गलमा परिणत भइसकेको र जङ्गल भएको ठाउँ बस्तीमा रुपान्तरण भइसकेको भन्दै पुनः नापी गर्नुपर्ने उनले औचित्य प्रस्ट्याए । उनले सरकारसँग जग्गा, जमिनको आधुनिक व्यवस्थापन…

Read More

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गाँजा खेती र औषधिजन्य उपयोगको विषयमा अध्ययन अनुसन्धानको लागि सरकारले एक महिनाभित्र नियमावली बनाउने प्रतिवद्धता जनाएका छन्। शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ विषय सम्बन्धी छलफलमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले सरकारले गृह मन्त्रालयमा गाँजा खेती अध्ययन गर्न बनेको समितिले एक महिनाभित्रै प्रतिवेदन दिने बताए। गृहमन्त्री लामिछानेले गाँजा खेती वैधानिक बनाउने विषयमा द्विविधा राख्नु नपर्ने उल्लेख गरे । उनले गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्नेगरी एक महिनाभित्र नियमावली बनाउने समितिलाई जानकारी दिए । उनले…

Read More

झापा । झापाको दमकमा लागुऔषध बेच्ने एक महिला पक्राउ परेकी छन् । बिहीबार दिउँसो २ः३० बजेको समयमा दमक नगरपालिका वडा नं.४ वस्ने वर्ष ४८ की गायत्रा गौतमले लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको शरीर तथा घर कोठाहरु खानतलासी लिँदा बट्टाभित्र लुकाइराखेको प्रतिबन्धित ९ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर र उनी सुत्ने बेडको सिरानीमुनी ३ लाख ३६ हजार ४०० रुपैयाँ फेला परेको थियो । उनलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

काठमाडौँ । सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। कांग्रेसँग गठबन्धन भएका बेला नियुक्त भएका राजदूतलाई बिहीबार सकेको मन्त्रिरिषदको बैठकले एकमुष्ट फिर्ता गर्ने निर्णय गरेको हो। सरकारले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय हो। दुई वर्ष अघि देउवा नेतृत्वमा सरकार हुँदा भारतका लागि पठाइएका शंकर शर्मा र बेलायतका लागि पठाइएका ज्ञानचन्द्र आचार्य कांग्रेस कोटामा नियुक्त भएका थिए। उनीहरु कुटनीटिक क्षेत्रमा अनुभवी मानिए पनि कांग्रेसको चाहनाका कारण ती देशमा राजदूत हुने अवसर पाएका थिए। अमेरिकाका लागि राजदूत बनाइएका श्रीधर खत्रीलाई पार्टी विशेषको चाहनामा भन्दा पनि…

Read More

झापा । वैदिक सनातन धर्म संरक्षण समिति झापाको आयोजना कनकाई कोटीहोममा तीन दिने वैदिक सनातन धर्म संरक्षणको विषयमा चिन्तन मन्थन कार्यक्रम आयोजना गरिने भएको छ। शुक्रबारदेखि सुरु हुने उक्त कार्यक्रम आइतबार समापन हुने समितिले जनाएको छ। कार्यक्रममा भाग लिन आउनेलाई आवासीय व्यवस्था मिलाइएको समितिका पदाधिकारीले जानकारी दिएका छन्। कार्यक्रममा दैनिक ३ सय भन्दा माथि ब्राह्मण तथा पुरोहितहरूको उपस्थिति रहने समितिका झापा अध्यक्ष रामप्रसाद ओझाले जानकारी दिए। खासगरि झापा, मोरङ तथा सुनसरी जिल्लाबाट सहभागिता रहने उनले बताए। कर्मकाण्डीय क्षेत्रमा देखिएका समस्या र ती समस्यालाई निराकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रममा छलफल हुने समितिले जनाएको छ। कार्यक्रम शुक्रबार बिहान १० बजे…

Read More

झापा । झापाको बिर्तामोडमा स्थापित बिएण्डसी अस्पतालले मेडिकल कलेज सञ्चालन गर्न दिन सर्वोच्च अदालतले सरकार, विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगलाई परमादेश जारी गरेपछि अस्पतालका सञ्चालक दुर्गा प्रसाईं आफूलगायत पूर्वका सर्वसाधारण जनताले न्याय पाएको प्रतिक्रिया दिएका छन्। बिहीबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै प्रसाईंले सर्वोच्च अदालतले १३ बर्षदेखिको पीडा र छट्पटीको अन्त्य गरिदिएको भन्दै खुशी व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘यो देशमा न्याय मरेको छैन भन्ने प्रमाण आज हामीले पाएको बिएण्डसी मेडिकल कलेजको सम्बन्धनको पूर्णपाठले स्पष्ट पारेको छ। यस कलेजलाई लिएर १३ बर्ष देखिको पीडा र छट्पटीको अन्त्य गर्ने गरी आएको श्री सर्वोच्च अदालतको फैसला र न्याय दिनुहुने श्रीमान माननीय न्यायाधिशद्वय…

Read More

जनकपुरधाम । मुलुकमा संघियता आएपछि गठन भएको मधेस सरकारबाट जनता समाजवादी पार्टी, नेपाल मधेसको सत्ताबाट बढारिएको छ । लगातार ७ वर्षदेखि मधेसको सत्ता सम्हाल्दै आएको जसपा नेपाल मधेस सरकारबाट बढारिएको हो । मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको प्रदेश सभाबाट बुधवार विश्वासको मत गुमाएपछि मधेसको सत्ताबाट जसपा नेपाल बाहिरिनु परेको हो । बुधवार विश्वासको मतका लागि बसेको मधेस प्रदेश सभा बैठकमा बहुमत प्रदेश सभा सदस्यले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका हुन् । यादवको पक्षमा ५० प्रदेश सभा सदस्यले मतदान गरे भने विपक्षमा ५३ प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरे । बुधवारको बैठकमा १ सय ३ प्रदेश सभा सदस्य उपस्थित भएका थिए ।…

Read More

काठमाडौं । जारकोटको बारेकोटमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहीबार बिहान ७ बजेर ३८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। भूकम्पबाट कुनै क्षति भएको जानकारी आएको छैन। गत कात्तिक १७ गते जाजरकोकोटको रामीडाँडा केन्द्र गरी ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा परी १५७ जनाको मृत्यु भएको थियो। ३७५ जना घाइते भएका थिए।

Read More