काठमाडौँ । मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निणर्य गरेको छ ।
शुक्रवार गठित नयाँ मन्त्री परिषद्को पहिलो बैठकले यस्तो निणर्य गरेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।
मुख्यमन्त्री सिंहसहित मन्त्रीहरुको शपथ ग्रहणसँगै शुक्रवार बसेको पहिलो मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्रीले पदभार ग्रहणका क्रममा गरेका निणर्यहरु पारित गर्दै थप एक निणर्य गरेको हो ।
मधेस प्रदेशमा आजमात्रै नयाँ सरकार गठन भएको हो ।
Facebook Comments Box
