Author: खबरमञ्च
इटहरी । सप्तकोशीमा पानीको बहावले खतराको संकेत पार गरेपछि हाइ अलर्ट जारी गरिएको छ । आइतवार बिहानदेखि नै सप्तकोशीमा पानीके बहाव बढ्ने क्रम जारी छ । कोशीमा अझै पानीको बहाव बढ्ने अनुमान रहेको र सबै ५६ वटा ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए। उनले पानीको बहाव तीन लाख ५० हजार भन्दा माथि पुगिसकेपछि भारतीय पक्षसँग कुरा गरेर ५६ वटै ढोका खुला गरिएको जानकारी दिए । उनले कोशीमा पानी अझै बढ्नसक्ने भएकाले उच्च शतर्कता अपनाइएको बताए। उनले शनिवारबाटै तटीय भेगमा बस्ने नागरिकलाई शतर्क रहन आग्रह गरेको र प्रशासन सम्पूर्ण रुपमा तयारीमा रहेको जानकारी दिए।
झापा । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालको पत्रकारिता संकटमा रहेकाले पुनर्जागृत गराउन आवश्यकता रहेको बताएका छन्। झापाको बिर्तामोडमा एडभान्स जर्नालिज्म थ्रु न्यू टेक्नोलोजी विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतले नेपाली पत्रकारितालाई कुन दिशा दिने भन्ने कुरा पत्रकारकै हातमा रहेको बताए। पत्रकार, आमसञ्चारका माध्यम संकटमा रहेका बेला पत्रकारिताको साख फर्काउनु पर्ने जिम्मेवारी पत्रकारकै काँधमा रहेको उनले बताए। सामाचार तथा अन्य सामाग्रीका लागि सामाजिक सञ्जाल केन्द्रित विभिन्न प्लेटफर्म आएदेखि नै सिर्जनशीलताको अभाव देखिएको अध्यक्ष बस्नेतको भनाइ थियो। नकारात्मक सन्देश फैलाउने किसिमका सामाग्रीले जरा गाडेकाले सकारात्मक सन्देश दिने किसिमका सामाग्री उत्पादन तर्फ पत्रकारहरू लाग्नुपर्ने उनले बताए। दुई…
इटहरी । सुनसरी जिल्लामा रहेको सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । आज बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोसी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोसी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने कांग्रेसले जनाएको छ । बैठक पछिल्लो राजनीतिक घटनाक्रमा केन्द्रित हुने बताइएको छ । कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ । प्रधानमन्त्री प्रचण्डले असार २८ गते सदनमा विश्वासको मत लिने भएका छन् । सदनमा कसरी प्रस्तुत हुनेलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने भएको छ । क्यानको बिहीबार बसेको बैठकले संघप्रति आधारहीन र नकारात्मक सन्देश फैल्याएको भन्दै स्पष्टीकरण सोध्न लागेको हो । उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दूर्गाराज पाठकसँगै सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोधिने क्यानले जनाएको छ ।
झापा । झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा श्रीमतीलाई हत्या गरी श्रीमान फरार भएका छन् । आज साँझ अन्दाजी ५.१५ बजे झापा गाउँपालिका वडा नं.३ कामाटोली निवासी अन्दाजी वर्ष ३३–३४ को सतिसकुमार गणेशले आफ्नो श्रीमती अन्दाजी वर्ष २४–२५ की अनिशाकुमारी गणेशलाई हम्मरले हानी हत्या गरेका हुन् । घटनापछि हत्यारा गणेश हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । श्रीमान– श्रीमतीबीच पहिला पनि झगडा हुने गरेको र आज झगडा हुँदा हम्मरले हानी श्रीमतीको मृत्यु भएपछि श्रीमान फरार रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले शवको मुचुल्का उठाइरहेको छ ।
झापा । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी दशौं राष्ट्रिय महाधिवेशनले नेपाललाई अध्यक्ष र भुसाललाई महासचिवमा सर्वसम्मतले चयन गरेको हो । महाधिवेशनको हलले पार्टीको सम्मानित नेतामा झलनाथ खनाललाई निर्वाचित गरेको नेता बेदुराम भुसालले जानकारी दिए । ‘अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई हलले सर्वसम्मत चयन गरेको छ । पार्टीको सम्मानित नेतामा झलनाथ खनाल चयन हुनुभएको छ,’ भुसालले भने, ‘हामी अन्य पदहरुमा छलफल गरिरहेका छौँ ।’ पार्टीको अध्यक्षका लागि नेपाल र भुसाल दुवैले दाबी गर्दै आएका थिए । तर अन्तिम समयमा सर्वसम्मतरुपमा नेतृत्व चयन गर्नु उपयुक्त हुने भन्दै उम्मेदवारको…
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ। शुक्रबार बिहान देशभर साधारणतया देखि पूर्णतया बदली छ। कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो पनि देशभर साधारणतया देखि पूर्णतया बदली रहने पूर्वानुमान महाशाखाले गरेको छ। दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति पनि…
काठमाडौँ । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिएको मन्त्रालयले…
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सत्ता समीकरणलाई समर्थन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई जसपाले समर्थन गर्न लागेको हो। वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले बताए । प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए। जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी हुनुहुन्छ ।