इटहरी । सप्तकोशीमा पानीको बहावले खतराको संकेत पार गरेपछि हाइ अलर्ट जारी गरिएको छ ।
आइतवार बिहानदेखि नै सप्तकोशीमा पानीके बहाव बढ्ने क्रम जारी छ । कोशीमा अझै पानीको बहाव बढ्ने अनुमान रहेको र सबै ५६ वटा ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए।
उनले पानीको बहाव तीन लाख ५० हजार भन्दा माथि पुगिसकेपछि भारतीय पक्षसँग कुरा गरेर ५६ वटै ढोका खुला गरिएको जानकारी दिए ।
उनले कोशीमा पानी अझै बढ्नसक्ने भएकाले उच्च शतर्कता अपनाइएको बताए।
उनले शनिवारबाटै तटीय भेगमा बस्ने नागरिकलाई शतर्क रहन आग्रह गरेको र प्रशासन सम्पूर्ण रुपमा तयारीमा रहेको जानकारी दिए।
Facebook Comments Box