Author: खबरमञ्च

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक आइतबारका लागि बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ । बैठक आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुनेछ ।

Read More

दमक । हिजो साँझ दमकमा भएको आगलागीबाट २५ लाख बराबरको क्षति भएको छ । साँझ ५.२० बजेको समयमा दमक नगरपालिका वडा न.६ बस्ने अशोक श्रेष्ठको ४ तले पक्की घरमा वडा नं.७ बस्ने ४७ वर्षीय संजय रौनियारले भाडामा लिई संचालन गर्दै आएको कपडाको गोदाममा आगलागी भएको हो । दोस्रो तलाको पूर्वपट्टिको कपडाको गोदाममा अचानक बिद्युतको लाईन सर्ट भई आगलागी हुँदा गोदाममा रहेका साडी र थान कपडा पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त आगो इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली, दमक नगरपालिकाको दमकल र स्थानीयबासीहरुको सहयोगमा साँझ ५ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको…

Read More

झापा । महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत निकालेकाे छ । आज भएकाे उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायाे । प्रतियाेगितामा तेस्राे पटक सहभागिता जनाएकाे नेपालकाे याे पहिलाे जित हाे । यसअघिका प्रतियोगितामा नेपाल एक खेल पनि नजिती समूह चरणबाटै बाहिरिएको थियो । यूएईले दिएकाे १ सय १६ रनकाे लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालकी ओपनर ब्याटर सम्झना खड्काले अर्धशतक बनाइन् । उनले ४५ बलमा नट आउट ७२ रन जाेडिन् । यूएईकी कविशा इगाेदागेले ३ विकेट लिइन् । यसअघि श्रीलङ्काकाे दम्बुलामा टस हारेर ब्याटिङ गरेकाे यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायाे…

Read More

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न गठित विशेष संसदीय समितिले प्रदेश र स्थानीय तहका नियामक निकायहरुसँग छलफल गरेको छ । शुक्रवार बसेको बैठकमा समितिले विभिन्न प्रदेश र स्थानीय तहका सहकारीका नियामक निकायका पदाधिकारीहरुसँग छलफल गरेको छ । छलफलमा वागमती प्रदेशका सहकारी विभाग रजिष्ट्रार राजेन्द्रप्रसाद पोखरेल र कानून अधिकृत मनोजकुमार गुप्ता, वीरगञ्ज महानगरपालिकाबाट सत्यराज घिमिरे र सुनिल कर्ण, लुम्बिनी प्रदेशबाट दर्ता अधिकृत भिमराज पोखरेल, पोखरा महानगरपालिकाबाट दीपक आचार्य र रजिष्ट्रार अनिल कार्की तथा काठमाडौं महानगरपालिकाबाट विभागिय प्रमुख बलराम त्रिपाठी र विज्ञ टीका कार्कीको उपस्थिति रहेको सभापति सूर्य थापाले जानकारी दिए । छलफल सूर्यदर्शन, सानो पाइला, सुप्रिम, ईमेज,…

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित तीन प्रतिपक्ष दलबीच सिंहदरबारमा छलफल भएको छ । शुक्रवार नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले छलफल गरेका हुन् । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने र सो बारेमा धारणा बनाउन प्रतिपक्ष दलको बैठक बसेको हो । प्रतिपक्षको भूमिका निर्वाह कसरी गर्ने र जनताका आवाज कसरी संसदमा बलियो रुपमा उठाउने भन्नेबारेमा साझा धारणा बनाउन बैठक बसेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए । उनले बैठकमा प्रतिपक्षको संख्या कमजोर भएकाले साझा एजेण्डा बनाएर जनजीविकाका सवालमा आवाज उठाउनेबारे छलफल भएको बताए । उनले भने, ‘हामी…

Read More

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. २२ स्थित न्युरोडका स्थानीयले काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामलाई अवरोध गरेका छन् । शुक्रवार काठमाडौं महानगरपालिकाले वडा नं. २२ स्थित न्युरोड परिसरमा फुटपाथ बढाउने काम गरेको थियो । केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडी बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम शुरु गरेको थियो । स्थानीयले फुटपाथ बढाउने कामको बिरोध गर्दै अवरोध गरेका हुन् । उनीहरुले महानगरपालिका विरुद्ध नाराबाजी गर्दै काममा अवरोध गरेका थिए । काठमाडौं महानगरपालिकाले भने कानूनको परिपालना गर्दै काम गरिएको भन्दै अवरोध गर्नेहरुले अदालतको आदेशको अवहेलना गरेको बताएको छ । अदालतलको आदेशको अवहेलना गर्नेलाई कानूनअनुसार…

Read More

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रवार सिंहदरबारमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित निकायसँगको छलफलमा उनले सो असन्तुष्टि व्यक्त गरेका हुन्। सभामुख घिमिरेले सो भवनको निर्माणका कार्य आगामी मंसीर भित्र सम्पन्न गर्ने लक्ष्य लिएपछि सो अनुसारको काम नभएको भन्दै आपत्ति जनाए। उनले सो भवनको निर्माण कार्य छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न पनि मातहतका निकायलाई सचेत गराए । सो भवनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कुरामा भने कुनै कन्जुस्याई नगर्न पनि सभामुख घिमिरेले सम्बन्धित पक्षलाई आग्रह गरे । त्यसका लागि कुनै समस्या भए शहरी विकास मन्त्रालयले…

Read More

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्बजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् ।  उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्बजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ । रानाले दुताबासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको मस्यौदा राष्ट्र बैंकको व्यवस्थापन समूहले टुङ्ग्याइसकेको छ र सञ्चालक समितिबाट पास हुन बाँकी छ । अहिले बस्ने सञ्चालक समितिले मौद्रिक नीतिको निर्णय गर्नेछ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार गरेको छ । बैंकमा लगानी योग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागिएको हो । अर्थतन्त्र शिथिल बनिरहेको र बैंक तथा वित्तीय संस्थाबाट पुँजी प्रवाह नभइरहेको अवस्थामा मौद्रिक नीतिले कस्तो कार्यदिशा लिन्छ भन्ने आमचासो बनेको छ ।…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै अनुहारलाई आफ्नो किचेन क्याबिनेटमा दोहोर्‍याएका छन् । यही असार ३० गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका ओलीले नेकपा एमालेका उप-महासचिव विष्णु रिमाललाई प्रमुख राजनीतिक सल्लाहकार बनाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट रिमाललाई प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको एकजना मन्त्रीले बताए । रिमाल यसअघि पनि ओलीका प्रमुख राजनीतिक सल्लाहकारको भूमिका थिए । उनी एमालेमा प्राविधिक ज्ञान भएका नेता मानिन्छन् । एमालेमा पनि उनी ओलीको सचिवालय सम्हाल्दै आएका नेता हुन् । त्यस्तै ओलीले आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री तथा अमेरिकाका लागि पूर्वराजदूत डा. युवराज खतिवडालाई ल्याएका छन् । खतिवडा २०७४ सालमा ओली प्रधानमन्त्री हुँदा अर्थमन्त्रीको…

Read More