Author: खबरमञ्च

काठमाडौं । नेपाल प्रहरीले बुधबार बिहान त्रिभुवन विमानस्थलमा  भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो अपडेट अनुसार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मर्मतको लागि पोखरा जाने क्रममा रहेको सौर्य एयरलाइन्सको जहाजमा उसकै कर्मचारीहरू थिए । जसमा १५ जनाको मृत्यु भएको छ भने चारजनाको उद्धार गरिएको प्रहरीको भनाइ छ । उद्धार गरिएकाध्ये ३ जनाको त्रिवि शिक्षण अस्पतालमा र १ जना पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शवहरू परीक्षणका लागि शिक्षण…

Read More

काठमाडौँ । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्समा सवार अधिकांश यात्रु हताहत भएका छन् । विमानमा एयरलाइन्सका कर्मचारीहरू सवार रहेका प्रहरीले जनाएको छ। घटनास्थलबाट उद्धार टोलीले मृतक यात्रुहरूको शव निकालिरहेको छ । यसअघि दुई जनाको शव भेटिए पनि अहिलेसम्म थप कति संख्यामा शव भेटियो भन्ने आधिकारिक जानकारी आउन बाँकी छ ।  दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको भने जीवितै उद्धार गरिएको छ । उनलाई उपचारका लागि केएमसी अस्पताल लगिएको जनाइएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो । उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको बताइएको छ । सवार अधिकांश…

Read More

झापा- झापाको बिर्तामोड नगरपालिकाले कृषकले उत्पादन गरेका, विषादी नभएका वा न्यून विषादी भएका, खान योग्य तरकारी सुलभ मूल्यमा उपभोक्तालाई बिक्री गर्न तरकारी संकलन तथा बिक्री केन्द्रहरू स्थापना गर्न थालेको छ। ‘पारीको होइन, बारीको खाउँ’ भन्ने नारा लिएर नगरपालिकाले तरकारी संकलन तथा बिक्री केन्द्रहरू स्थापना गरिरहेको छ। समुदायले नै तरकारीको खरिद तथा बिक्रीदर निर्क्योल गरेर केन्द्रहरू सञ्चालन गरिने नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कँडरियाले जानकारी दिए। उनले भने, ‘कृषकबाट तरकारी खरिद गर्ने मूल्य कृषकहरूकै समूहले गर्छ। बिक्री गर्ने मूल्य केन्द्र सञ्चालन गर्ने समितिले गर्छ।’ बजारहरूमा पाइने तरकारीमा विषादीको मात्रा कति छ भन्ने ठेगान नहुने भएकाले स्थानीय सरकारको सहयोगमा स्थापना गरिएका बिक्री…

Read More

झापा । नेपाल महिला एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । एसीसी महिला एसिया कपको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो । भारतले १७९ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपालले निर्धारित ओभरको खेलमा ९ विकेटको क्षतिमा ९६ रनमात्र बनाउन सक्यो। नेपालका लागि सीता राना मगरले सर्वाधिक १८ रन बनाइन्। त्यस्तै बिन्दु रावलले १७, रुबिना क्षेत्रीले १५, इन्दु बर्माले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरको खेलमा ३ विकेट गुमाएर १७८ रन बनाएको थियो । भारतका लागि सफाली बर्माले ८१ रन बनाइन्। त्यस्तै दायालान हेमालाथाले ७ रन…

Read More

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको आठ करोड रुपियाँ बढी भेटी रकम मौज्दात रहेको छ। पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो। पाथीभरा क्षेत्र विकास समितिले मङ्गलबार पत्रकारसँग अन्तरक्रिया गर्दै हालसम्म कुल आठ करोड १३ लाख ७९ हजार ३६३ रुपियाँ भेटी रकम मौज्दात रहेको जानकारी दिएको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार विभिन्न संरचना निर्माण तथा भौतिक पूर्वाधार योजनामा भएको खर्च, कर्मचारी पारिश्रमिक र अन्य खर्च कटाएर भेटीबापत सङ्कलन भएको उक्त रकम समितिसँग मौज्दात रहेको हो। गत आर्थिक वर्ष २०८०/८१ मा सङ्कलन भएको भेटी रकम र विगतदेखिको बैङ्क मौज्दात तथा मौज्दात…

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएको विषयमा आपत्ति जनाएका छन्। मंगलवारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिद समेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीयहरू विरोधमा उत्रिएको बताएका हुन् । उनले वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाएको बताए । उनले स्थानीय तहमा गएर झुटो विवरण पेश गरी धार्मिक मन्दिर,चर्च र गुम्बाहरु बनाउन नपाइने भन्दै आपत्ति प्रकट गरे। उनले भने, ‘कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिइयो । भवन पनि बनाइयो र गाडी पनि खरिद…

Read More

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले विद्यालयका प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। विद्यालय शिक्षा विधेयक संसदमा पेश भएको उल्लेख गर्दै उनले त्यहाँ सो कुरालाई समावेश गर्न सरकारसँग माग गरेका हुन् । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले विद्यालय तहको नेतृत्व प्रधानाध्यापकले गर्ने भएकाले उसले दृढ भएर काम गर्न पनि सो आयोगले चयन गर्नुपर्ने बताए । सांसद भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धान गरिरहेकाहरुलाई विश्वविद्यालयको नेतृत्वमा पुर्याउन पनि सरकारलाई सचेत गराए ।  उनले भने, ‘अहिले शिक्षा विधेयक आएको छ । त्यो शिक्षा विधेयकलाई हामीले कुनैपनि नेतृत्व इच्छाशक्तिको भएन भने, कुनै…

Read More

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरुले राम्रोसँग संविधानको अध्ययन नगरेको बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए । उनले संविधान के—के कुरामा सुधार गर्ने भन्नेबारेमा भने छलफल गर्न आवश्यक रहेको बताए । उनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको भन्दै खुशी प्रकट गर‍े । उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संविधान संशोधन गर्न जरुरी रहेको बताए ।

Read More

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढेको बताएका छन्। प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन्। सांसद भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धी कानुन सरकारले तत्काल निर्माण गर्न आवश्यक रहेको बताए । उनले मुलुकमा विकराल बन्दै गएको भ्रष्टाचार कम गर्नको लागि स्वार्थको द्वन्द्वसम्बन्धी कानुन तत्काल निर्माण गरी न्युनिकरण गर्न आवश्यक रहेको बताए। उनले सर्वोच्च अदालतले समेत आदेश दिएकाले सो कानुन निर्माणमा सरकारले ढिलाइ गर्न नहुने तर्क गरे । उनले स्वार्थको द्वन्द्वसम्बन्धी कानुन बनाउन २०६९ सालमा मन्त्रीपरिषद्ले रणनीतिक योजना बनाए पनि अघि नबढेको बताए । सांसद भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्वार्थको द्वन्द्वसम्बन्धी व्यवस्थापन…

Read More

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६ उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ। मंगलबार साँझदेखि बिजुली जोड्ने निर्णय गरेको हो। प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै पछिल्लो समय विभिन्न ६ वटा उद्योगको लाइन काटेको थियो। त्यस्तै, प्राधिकरणको ९७६ औं बैठकले बक्यौता अधिकतम २८ मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने निर्णय समेत गरेको थियो। आइतबार विद्युत नियमन आयोगले भने उद्योगमा काटिएको लाइन तत्काल जोड्न प्राधिकरणलाई लिखित निर्देशन दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली पनि काटिएको लाइन जोड्नुपर्ने पक्षमा थिए।

Read More