Author: खबरमञ्च

काठमाडौं । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय सीमा तय गरेको थियो । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गरेकी छन् । यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमीला यादवको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले राष्ट्रपति पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने जनाएपछि दुई जनाको उम्मेदवारी परेको बताइएको छ । यस्तै…

Read More

काठमाडौँ । नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उपराष्टपति पदमा शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिने जानकारी दिएको छ ।

Read More

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको उडान-अवतरणको प्रतिबन्ध फुकुवा गरेपछि आजबाट नियमित उडान हुने भएको छ ।  भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि प्राधिकरणले शुक्रबारदेखि श्री एयरका सबै उडान-अवतरणमा प्रतिबन्ध लगाएको थियो । श्री एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना सबै जहाज जाँच तथा अध्ययन गरी पुन: सेवा सञ्चालन गर्न अनुमति शुक्रबार नै दिएको हो । श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार श्री एयरलाइन्सका जहाजले शनिबारदेखि नियमित उडान गर्नेछन् ।

Read More

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ। बैठक आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्न लागेकाे हाे। आजकाे बैठकमा बैठकमा समसामयिक राजनीति, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिने सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो । यसैगरि बैठकमा समसामयिक राजनीतिक अवस्थाकाे बारेमा पनि छलफल गरिने जनाइएकाे छ। उपराष्ट्रपति निर्वाचनका लागि आज नै मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ। निर्वाचन चैत ३ गते हुँदैछ।

Read More

काठमाडौं । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । उपराष्ट्रपति पदमा उम्मेदवारी दिने व्यक्ति वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै संघीय कानुनले अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्छ । उम्मेदवारी दिनेले पाँच जना समर्थक र पाँच जना प्रस्तावक जुटाउनुपर्नेछ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार प्रस्तावक र समर्थक…

Read More

काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा शुक्रबार सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै उक्त आदेश गरेको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुद्दाको सुनुवाई गर्दै फौजदारी कसुरमा किन कारवाही नगर्ने १५ दिनभित्र जवाफ दिन भनेको छ। दस वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको समयमा भएका व्यक्तिको मृत्युमध्ये पाँच हजारको जिम्मा आफूले लिने भनेपछि दाहाल विवादमा तानिएका थिए। द्वन्द्वपीडित परिवार एवं अधिवक्ता आरणसहितले दाहाल विरुद्ध रिट दायर गरेका हुन्। उनीहरुले मंसिर ४ को निर्वाचनमा प्रधानमन्त्री प्रचण्डलाई रोक लगाउनुपर्ने माग सहित रिट पेस गरेका थिए।

Read More

काठमाडौं। नेकपा एमालेले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ। शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरि सचिवालयको बैठक बोलाएको एक पदाधिकारीले बताए। यसअघि राष्ट्रपति निर्वाचनमा जसपाले एमालेलाई समर्थन गर्ने विश्वासमा उपपराष्ट्रपति निर्वाचनमा एमालेले जसपालाई समर्थन गर्ने तयारी रहेपनि त्यसअनुरुपको गतिविधि नभएपछि एमालले आफ्नै उम्मेदवारी दिन तयारी गरेको ती पदाधिकारीले बताएका छन्। यता ८ दलीय गठबन्धनबाट जसपाले उपपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उम्मेदवारी दिने निर्णय गरेको छ। उपपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने कार्यक्रम रहेको छ भने शनिबार उम्मेदवारी दर्ताको कार्यतालिका छ।

Read More

काठमाडौं । राष्ट्रपति उमेदवार सुवासचन्द्र नेम्वाङले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधि महेश बर्तौलामार्फत निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको खर्च विवरणमा १६ हजार ५०० खर्च भएको उल्लेख छ । खर्चको विवरणमा एकपटक एसएमएस गर्दा १० हजार खर्च भएको उल्लेख छ । त्यसैगरी मसलन्दमा ६ हजार ५०० खर्च भएको विवरणमा उल्लेख छ । बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ अर्का उमेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए । पौडेल ३३ हजार २ मतभारसहित निर्वाचित हुँदा नेम्वाङले १५ हजार ५१ मतभार प्राप्त गरेका थिए ।

Read More

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा प्रारम्भिक बहस सकिएको छ । सर्वोच्चका अन्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ताहरू, बालकृष्ण न्यौपाने, डा। सुरेन्द्रभण्डारीसहित अधिवक्ताहरूले बहस गरेका छन् । उनीहरूले प्रचण्ड स्वंय्ले पाँच हजार हत्याको जिम्मा लिने भनेर बोलिसकेकाले उनलाई पक्राउ गरी अनुसन्धान गर्न अन्तरिम आदेश माग गरेका छन् । न्यायाधीश खतिवडाका इजलासले आजै आवश्यक आदेश दिने तयारी गरेको बताइएको छ ।

Read More

काठमाडौं। माओवादी घटकका पार्टीहरूले दबाब मुलक कार्यक्रम गर्ने घोषण गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी पछिल्ला घटनाक्रमको सामूहिकरूपमा खण्डन गर्ने र दबाब मुलक कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो। बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रिया अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । पछिल्लो समय शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्ति देखिएको भन्दै गुरुङले आपत्ति जनाए । उनले भने, ‘आज बिहान पूर्वमाओवादी घटकहरु आठ दलको बैठक बस्यो ।…

Read More