काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा शुक्रबार सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै उक्त आदेश गरेको हो।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुद्दाको सुनुवाई गर्दै फौजदारी कसुरमा किन कारवाही नगर्ने १५ दिनभित्र जवाफ दिन भनेको छ।
दस वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको समयमा भएका व्यक्तिको मृत्युमध्ये पाँच हजारको जिम्मा आफूले लिने भनेपछि दाहाल विवादमा तानिएका थिए। द्वन्द्वपीडित परिवार एवं अधिवक्ता आरणसहितले दाहाल विरुद्ध रिट दायर गरेका हुन्। उनीहरुले मंसिर ४ को निर्वाचनमा प्रधानमन्त्री प्रचण्डलाई रोक लगाउनुपर्ने माग सहित रिट पेस गरेका थिए।
Facebook Comments Box
