Author: खबरमञ्च
काठमाडौं । नेपाली कांग्रेसनिकट भातृ संगठन नेविसंघ काठमाडौंले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई सात दिनको अल्टिमेटम दिएको छ । नेविसंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शेर्पाले काठमाडौंलगायत विभिन्न जिल्लामा पत्र पठाएर अध्यक्ष तोक्ने काम गरेको भन्दै सच्याउन अल्टिमेटम दिएको हो । नेविसंघ काठमाडौंका सह सचिव निसान महर्जनले, स्ववियु टिकट वितरणमा पारदर्शी नभएको र केन्द्रीय अध्यक्षले, जिल्लाहरूमा विभिन्न पदमा मनोनीत गर्दै पत्र पठाउने काम गरेकोमा आफूहरूले विरोध गरेको बताए । उनले भने ‘हामीले ७ दिनको अल्टिमेटम दिएका छौं । सो अवधिमा तुरुन्त सहमतिका लागि वार्तामा आउनुहोस नत्र हामी देश भरि नै आन्दोलन गर्न तयार छौ।’ हालका अध्यक्ष दुजाङ शेर्पाले एकलौटी रुपमा गुट…
काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनरत उद्योगी व्यवसायीहरुले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । उद्योगी व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डतयार भएपछि आन्दोलनका कार्याक्रम फिर्ता लिइएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए। ‘प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि हामीले आन्दोलनका सबै कार्याक्रम फिर्ता लिएका छौं,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘माग पुरा नभए पुनः आन्दोलन गर्नु होला । तर सरकार तपाईंहरुको माग पुरा गर्न तयार छ भनेर प्रधानमन्त्रीले बाचा गर्नु भएको छ ।’
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धनलाई १० वटा टाउको भएको रावण जस्तै भएको भन्दै व्यङ्ग्य गरेका छन्। मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले १० दलीय गठबन्धनका नेताहरुले महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग गरेको आरोप लगाएका छन् । उनले भने ‘१० दलीय गठबन्धनको १० वटा टाउको एकै ठाउँ जम्मा भएको छ १० वटा टाउको रावणको हुन्छ । अहिलेका रावण महिलाका हक अधिकार हनन् गर्न लागि परेको छन् ।’ https://www.youtube.com/watch?v=CRlinF0GTJU राष्ट्रपति र उपराष्ट्रपतिमा एक जना महिला हुनु पर्छ भन्ने संविधानको भावनालाई अहिले १० दलिय गठबन्धनका नेताहरुले मिच्ने र महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल सरकारको नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्री फेरिन सक्ने तर सरकार नै परिर्वतन नहुने दाबी गरे । ‘सरकारको मन्त्रीहरू फेरिन्छन, तर सरकारको नीतिगत प्राथमिकता फेरिँदैन, सरकार फेरिँदैन । यस बिचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ। तर यसको अर्थ सरकारको नीति फेरिँदैन’ प्रधानमन्त्रीले थप भने, ‘हिजो हामीले जुन प्राथमिकता निर्धारण गरेका छौं । सामाजिक न्याय, सुशासन र समृद्धि त्यसमा हामी दृढ भएर अगाडि जान्छौँ। मन्त्रीहरू फेरिनुहुन्छ, तर सरकारको नीतिगत प्राथमिकता फेरिँदैन, त्यसैले आफ्नो…
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले चर्को व्याजदर घटाउनु पर्ने बताएका छन्। मंगलबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय मार्ग भाटभटेनीमा आयोजित विरोध प्रर्दशनमा उनले बढ्दो व्याज धान्नै नसकेर व्यवसायी पिडित भएको दुखेसो गर्दै व्यवसायीहरुले ऋण नतिर्ने नभनेको तर ब्याज भने घटाउने पर्ने बताए। उनले भने ‘बैंक तथा वित्तिय समस्याले व्यवसायीहरु पिडित छन्।बढ्दो व्याज व्यवसायीहरुले धान्नै सकेनन्। अहिले लिलामीको सुचनाहरु निस्कीरहेको छ । हामीले व्याज र ऋण तिर्दीन भनेका छैनौं । व्याज तिर्न सक्ने अवस्था भएन्।त्यसैले बढ्दो व्याजदर घटाउनु पर्यो भन्ने मात्र हाम्रो माग हो।’ बैंक तथा वित्तीय समस्या संघर्ष समिति नेपालले आयोजना गरेको प्रर्दशनमा विभिन्न उद्योगी तथा…
काठमाडौँ । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले बुधबारदेखि लागू हुने गरी चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् । भोलि चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिए। उनले संघ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको बताए । हाल बैंकहरुले कर्जामा आधारदरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब एक प्रतिशत घटेपछि आधारदरमा पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अवको पाँच बर्ष जनताको अपेक्षा पूरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच बर्षसम्म संसदलाई बिघटित नहुनेगरि गठबन्धन दलहरु जनताको अपेक्षा पुरा गर्न एकीकृत रुपमा अघि बढ्नुपर्ने बताएका हुन् । उनले मुलुकलाई स्थीरता राखेर नै मुलुकको बिकासको आकांक्षा पूरा हुने जिकिर गरे । अहिले राजनीतिमा देखिएका बितृष्णा, अर्थतन्त्रका समस्याहरु, व्यवसायीहरुको पीडा लगायत मुलुकमा देखिएका नकारात्मक संकेतहरुलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने उनले बताए । उनले अहिले बाहिर हल्लाचलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको धारणा राखे । महामन्त्री शर्माले अव…
काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । उक्त आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिमा आफुले भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउने गरिएको भन्दै कटाक्ष गरेका छन् । काठमाडौंमा आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चको कार्यक्रममा माओवादी घटकहरुलाई लक्षित गर्दै उनले बन्दुकमा खिया लागेको छैन भन्दै धम्काउने मान्छे नै मानव अधिकारका विषयमा कुरा गरेर नथाक्ने टिप्पणी गरेका हुन् । उनले भने ‘नेपालको राजनीतिको एउटा पक्ष आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भन्छ । हामीले उल्लङ्घन गरेको मानवअधिकारको पनि कुरा गर्ने ? वाह ! तिनीहरू नै मानवअधिकारका कुरा गरेर थाक्दैनन ।’ अध्यक्ष ओलीले अहिलेको राजनीति भनेको गुटबन्दी र जालझेल भएको…
काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । फागुन २७ र २८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने छ । चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौं, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौं’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ । यसैगरी, चैत २८ गते काठमाडौंमा ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियताको रक्षा’ विषयक अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै, बैठकले चितवन क्षेत्र नम्बर २ मा वैशाख १०…