Author: खबरमञ्च
झापा । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधामले गत साउन महिनामा सम्पन्न श्रावणी पर्व–२०८१ मा १४ लाख ५७ हजार १५६ रुपैयाँ बचत गरेको छ । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार श्रावणी पर्वमा आम्दानी १७ लाख ५२ हजार ९३१ रुपैयाँ र खर्च दुई लाख ९५ हजार ७७५ रुपैयाँ भएको छ । आम्दानीतर्फ नगदी रसिदबाट आठ लाख ८२ हजार १२० रुपैयाँ, मन्दिर भेटीबाट पाँच लाख ६९ हजार ५८१ रुपैयाँ, भूमिदानबाट एक लाख ५०५ रुपैयाँ, अक्षयकोष अन्नदाताबाट ८१ हजार १०० रुपैयाँ, शीघ्र दर्शन रसिदबाट ७३ हजार ५०० रुपैयाँ, मूल मन्दिर रुद्राभिषेकबाट २६ हजार २०० रुपैयाँ, गुरुकुल अक्षयकोषबाट १० हजार ५५५ रुपैयाँ,…
काठमाडौँ । अन्तिम समयमा गोल गर्दै भुटानले बुधवार माल्दिभ्समाथि रोमाञ्चक जितसँगै जारी साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनल सम्भावना बलियो बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लामो समयसम्म एक खेलाडीबिना खेलेको भुटानले अन्तिम माल्दिभ्समाथि २–१ को जित निकाल्दै तीन राष्ट्र सम्मिलित समूहबाट दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको हो । समूह ‘बी’ को भुटानले सेमिफाइनलमा पुग्ने माल्दिभ्स र भारतबीचको नतिजा पर्र्खनु पर्नेछ । भुटानले पहिलो खेल भारतसँग १–० ले गुमाएको थियो । त्यसैले दोस्रो चरणमा पुग्न जित्नैपर्ने खेलमा भुटानले माल्दिभ्समाथि जित रचेको हो । भुटानको जितमा जित्सुइन दोर्जी र नवाङ छोफेलले गोल गरे । माल्दिभ्सका इश आफू मोहमेद फिराकले गोल फर्काए पनि…
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउनका लागि प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्। सभामुख घिमिरेले बुधवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् । प्रतिनिधि सभाको बैठक बिहीवार ( भोलि ) दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ । सभामुखले सोही कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि प्रमुख सचेतकहरुलाई ध्यानाकर्षण गराएका छन् । त्यसैगरी समितिका बैठकहरु प्रभावकारी ढंगले अगाडी बढ्न नसकेको भन्दै उनले प्रतिनिधि सभा बैठक नबसेको दिन अनिवार्य रुपमा समिति बैठक बसेर विधेयकहरुमाथि छलफल गर्न ध्यानाकर्षण गराएको नेकपा(एमाले)का…
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले सहकारी ठगीमा संलग्नहरुलाई तत्काल कारबाही हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले सदाचारको पक्षमा नउभिने कुनै पनि संस्थामाथि कडा कारबाही हुनेगरी तत्काल कानूनी व्यवस्था गर्न सरकारलाई दबाब दिएका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले सहकारी ठगहरुको सम्पत्ति जफत गरेर पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था गर्न सरकारलाई सचेत गराए। उनले गरिवको पैसामा मोज गर्ने ठगहरुलाई तत्काल कडा कानून बनाएर कारबाही गर्ने काममा ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराए। प्रतिपक्ष नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले…
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुई वटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि भएको जानकारी गराएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापत्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षका कारण पानीको सतह पनि बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिएको र त्यस पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको आफूहरुको प्रारम्भिक अनुसन्धानले देखाएको बताए। हिउँ पग्लेको कारण पानी र त्यसको केही…
झापा । उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काई फरार भएका छन् । हिजो दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक नगरपालिका वडा न.३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल न.१ मा डेरा गरी बस्ने २५ वर्षीय बिशाल राई हतकडी फुस्काई फरार भएका हुन् । लागूऔषध मुद्धामा पक्राउ परेका राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । घटनाको जानकारी गराउनासाथ इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टको कमाण्डमा खोजतलास भइरहेको जनाइएको छ । भदौ २ गते राति अन्दाजी ९.३० बजे बिर्तामोड…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने भएका छन् । बुधबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूलाई भदौ सात गतेको बैठकमा बोलाएको भन्दै उक्त मितिमा बयान दिन जान लागेको बताएका हुन् । ‘समितिले मलाई भदौ ७ गते बोलाएको छ । म त्यहाँ जान्छु’, लामिछानेले बैठकमा गराएको जानकारी उधृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘गएर आफ्ना कुराहरू म ढुक्कसाथ राख्छु ।’ पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप छ । यसैगरी रास्वपाले महामन्त्री मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरणका…
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालयले आज महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रसँग उक्त सम्झौता भएको हो। मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.मदन उपाध्याय र केन्द्रका अध्यक्ष पुनले सम्झौतामा हस्ताक्षर गरेका छन्। अस्पतालहरुमा बिग्रिएका उपकरण मर्मतका लागि सघाउन स्वास्थ्य मन्त्री पौडेलले केही दिनअघि पुनसँग आग्रह गरेका थिए। त्यसलगत्तै मन्त्रालयले पुन नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो। अब केन्द्रले हाल मन्त्रालय अन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ। त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरूले मर्मत…
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडो भन्दा चाँडो संसदबाट पारित गर्नुपर्ने बताएका छन्। बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा दफावार छलफलका क्रममा बोल्दै मन्त्री लेखकले सो ऐनलाई छिटोभन्दा छिटो समिति र प्रतिनिधि सभाबाट पारित गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भ्रष्टाचारसँग सम्बन्धित विषय गम्भीर र संवेदनशील भएको उल्लेख गर्दै यस ऐनको महत्व धेरै रहेको बताए । उनले समितिले पहिचान भएका महत्वपूर्ण विषयमा केन्द्रित भएर दफावार छलफल गर्नुपर्ने धारणा राखे । गृहमन्त्री लेखकले अख्तियारको क्षेत्राधिकार, उजुरीकर्ताको पहिचान, स्वार्थ बाझिएको विषय, अनुचित…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका छन्। बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै उनले रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताए । उनले निर्वाचनका लागि कुन ढंगले अगाडी बढ्ने भनेर पार्टीभित्र छलफल प्रारम्भ भएको जानकारी दिए । पार्टी निर्वाचनमा कसरी जाने भन्ने सन्दर्भमा थप छलफल गरेर निस्कर्षमा पुगिने उनको भनाइ छ । उनले भने, ‘राजनीतिक दल भाग नलिने भन्ने कुरै छैन । कुन ढंगले भनेर हाम्रो छलफल भइरहेको छ । थप छलफल गर्दैछौँ कसरी, कुन तरिकाले जाने त्यसको वर्कआउट गर्छौं । बल्ल…