Author: खबरमञ्च
झापा । नेकपा (एमाले) झापाले १० जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । आज सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले सदस्यहरु मनोनित गरेको सचिव तुलसी कार्कीले जानकारी दिए । उनका अनुसार हरि ढुंगाना, बोधप्रसाद घिमिरे, बोधराज न्यौपाने, देविन्द्र चमलागाई, दिपेन्द्र लम्साल, प्रविन पोखरेल, शान्ता गौतम, तुलसा काफ्ले, गौरी राजवंशी र चन्द्रमाया तामाङलाई जिल्ला सदस्यमा मनोनित गरिएको छ । उनले बैठकले जनवर्गीय संगठनहरुको इञ्चार्ज तोकेको बताएका छन् । ट्रेड यूनियन महासंघको इञ्चार्जमा हरि अधिकारी, अखिल नेपाल किसान संघ बिमल निरौला, अनेमसंघ पवित्रा पाठक, अनेरास्ववियु मनोज ताम्ली, राष्ट्रिय युवा संघ सागर पोर्तेल, जनसांस्कृतिक महासंघ भुपाल शिवाकोटी, खेलकुद महासंघ भवानी बराल, आदिवासी…
झापा । इटहरीमा डेढ वर्षीया नाबालिकाको ब्लेडले चिरेर वीभत्स हत्या भएको छ । इटहरी उपमहानगरपालिका ५ पचरुखीमा बस्दै आएका सालिग्राम लुइँटेलले नातामा आफ्नै भतिजी पर्ने नाबालिका आइन्सु लुइँटेलको वीभत्स किसिमले हत्या गरेको प्रहरीले जनाएको छ । ती बालिकाको हिजो दिउँसो हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग गरिएको ब्लेडसहित ३० वर्षीय सालिग्रामलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न लुइँटेलले केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेतले जानकारी दिए । तीन वर्षअघि घरको छतबाट हाम फालेर लुइँटेलको ढाड पनि भाँचिएको अनुसन्धानबाट खुलेको बस्नेतले बताए । शव पोस्टमार्टमका…
झापा । गायक प्रकाश तिमल्सिनाको निधन भएको छ। तिमल्सिनाको हिजो साँझ निधन भएको संगीतकार बसन्त सापकोटाले जानकारी दिए। घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्याएको र अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए। उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ लगायत दर्जनौं गीत लोकप्रिय छन्। २०४५ सालमा कोशीमा आएको बाढीले घरपरिवार सबै गुमाएका उनले आँखाको ज्योति पनि गुमाएका थिए। ३ वर्षको उमेरमा बाढीले बगाउँदा धेरै दक्षिण माझीले जालमा पारेर उनलाई निकालेको र पछि हजुरआमाले पालेको प्रकाशले अन्तर्वार्ताहरुमा बताएका थिए।
काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबारसम्म १ सय ७० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ७० जनाको मृत्यु भएको हो । साथै काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना,…
झापा । झापामा डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको हल्दीबारी–३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका बिमला दाहाल पौडेलको डेंगी संक्रमणबाट मृत्यु भएको हो । सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि उनलाई बिएन्डसी अस्पताल लगिएको थियो ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि लाञ्छना लगाउने काम गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रवारबाट काठमाडौंको पेरिसडाँडामा शुरु भएको पार्टी स्थायी कमिटी बैठकले प्रवन्ध निर्देशक घिसिङले सुशासनको पक्षमा गरेको काममा अवरोध हुनेगरी विभिन्न गतिविधि सरकार आफैले अघि बढाएको उल्लेख गर्दै आपत्ति जनाएको हो । भ्रष्टाचार बिरोधी अभियानमा अवरोध आउने खालका कुनै पनि गतिविधि नगर्न पनि सरकारलाई बैठकले सचेत गराएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकले हवाई र बस दुर्घटनामा परेकाहरुलाई उचित राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । दुवै दुर्घटनामा परी ठूलो धनजनको क्षति…
काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ । शुक्रवार समिति सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिले सहकारीको छानविनका लागि निरन्तर काम गरिरहेको भन्दै समयमा नै सम्पन्न गर्ने जानकारी दिए। उनले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई बोलाएर सोधपुछ गरिरहेको बताए। उनले कारागारमा रहेकाहरुलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको बताए। समितिले सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिए पनि पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्राचार गरेको उनले बताए। उनले सरकारबाट केही जानकारी नआएको बताए।…
काठमाडौं । कानून न्याय तथा मानव अधिकार समितिले टीआरसी विधेयक सभामुखलाई बुझाएको छ । सभापति विमला सुवेदीसहित समितिका सदस्यहरूले शुक्रबार सभामुख देवराज घिमिरेलाई समितिको प्रतिवेदन पेश गरेका हुन् । टीआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न आग्रहसहित कानुन समितिले सभामुख घिमिरेलाई पत्राचार गरेको हो। उक्त समितिबाट बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक)माथि दफावार छलफल भई पारित भएसँगै सभापति सुवेदीले प्रतिनिधिसभाको आगामी बैठकमा पेस गर्न पत्राचार गरेकी हुन् । प्रतिनिधि सभाको २०८० साल वैशाख १५ गतेको बैठकबाट दफावार छलफलका लागि उक्त विधेयक समितिमा पठाइएको थियो । समितिमा विचाराधीन…
झापा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो ८ वर्षमा उल्लेखनीय वित्तीय सफलता हासिल गरेको बताएका छन्। यो अवधिमा करिब ८२ अर्ब रूपैयाँ नाफा कमाएको उनले बताए। आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरण ३५ अर्ब सञ्चित घाटामा रहेकोमा अहिले ४७ अर्ब सञ्चित नाफामा रहेको उनले दाबी गरे। ’कतिले कागजी नाफा भन्ने गरेको सुनिन्छ, यो त्यतिकै भएको होइन पछिलो ८ वर्षमा घाटा पूर्ति गेरर ४७ अर्ब नाफामा जाँदा ८२ अर्ब नाफा गरेको छ,’ उनले भने। आठ वर्षको अवधिमा विद्युतको प्रयोग उल्लेख्य बढेको उनले बताए। प्रतिव्यक्ति विद्युत खपत १३१ युनिटबाट ४०० युनिट पुगेको, विद्युतको खपत बढेको कारण पेट्रोलको घटेको र विद्यतीय…
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशलाई छिट्टै पूर्ण विद्युतीकरण घोषणा गरिने बताएका छन् । कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलन बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले प्राधिकरणको नाफा वास्तविक भन्दै कागजी मात्रै नभएको स्पष्टीकरण दिए । निर्देशक घिसिङले भने, ‘८ वर्षमा ४७ अर्ब सञ्चित नाफा भएको छ । जम्मा ८२ अर्ब नाफा भएको छ । यति धेरै नाफा डेडिकेटेड र ट्रङ्कलाइन महसुलले मात्रै भएको होइन ।तीनपटक गरि २५ प्रतिशत महसुल घटाउँदा पनि हामी नाफामा छौं । कुनै पनि उत्पादनमा यसरी मूल्य घटाउँदा नाफामा जाँदैन । तर प्राधिकरण नाफामा छ ।’ घिसिङले…