Author: खबरमञ्च
काठमाडाैं । थामे गाउँमाथि रहेको दुई वटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा पानीको बहाव बढेर आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राईसहित पुगेको अध्ययन टोलीले अझै दुई वटा पोखरी उच्च जोखिममा रहेको जनाएको हो । बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न शनिबार रक्षामन्त्री राईको नेतृत्वमा टोली उक्त ठाउँमा पुगेको थियो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले भन्नुभयो, ‘साना पाँचवटा ताल रहेछन्, त्यसमध्ये दुई वटा ताल फुटेको रहेछ । अरू दुई वटा उच्च जोखिममा छन् । एउटा भने सुरक्षित छ।’ शुक्रबार दिउँसो सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे खोलामा पानीको बहाव बढेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण…
काठमाडौँ । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जाने भएकी छिन् । भारतीय समकक्षी डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेको मन्त्रालले जनाएको छ । भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवं नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धननबारे छलफल गर्ने जनाइएको छ । दुई देशबीचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवं प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्री राणा भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।
काठमाडौं । रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ । अधिकारीहरुका अनुसार आइतबार बिहान करिब ७ बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पपछि शिवलुच क्षेत्रमा ज्वालामुखी विष्फोट भएको रुसको सरकारी सन्चार माध्यम तासले जनाएको छ । त्यसबाट निस्किएको खरानी समुद्री सतहबाट करिब आठ किलोमिटर माथिसम्म फैलिएको छ । त्यहाँबाट लावा पनि बाहिरिएको छ । तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ । सीएनएनका अनुसार शिवलुच ज्वालामुखी भूकम्पको केन्द्र पेट्रोपावलोव्स्क–कामचत्स्कीबाट करिब २८० माइल टाढा छ । पेट्रोपावलोव्स्क–कामचत्स्की तटीय शहर हो ।
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साता स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको उपनिर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचनको मितिबारे सुझाव दिने, मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने, निर्वाचनमा लाग्ने खर्चको विश्लेषण गरी नेपाल सरकारसमक्ष बजेट सुनिश्चितताको प्रयास गर्नेजस्ता तयारीका काम गरिरहेको आयोगका प्रवक्ता रघुराम विष्टले जानकारी दिए । निर्वाचन आयोगले गत साउन २८ गते प्रधानमन्त्रीसँगको छलफलमा मङ्सिर तेस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । स्थानीय तह निर्वाचन ऐन–२०७३ मा आयोगको सुझावमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि…
काठमाडौँ । कांग्रेस–एमाले गठबन्धन बनेपछि छटपटिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले हरेक बैठक र सभामा ‘वामपन्थी एकता र सहकार्य’ मा जोड दिइरहेका छन् । बिहीबार सकिएको स्थायी समिति बैठकमा पनि उनले वामपन्थी एकता र समाजवादी शक्तिसँग सहकार्यमै जोड दिए । स्थायी समिति चलिरहेका बेला उनले यही साता एकीकृत समाजवादी (एस) अध्यक्ष माधवकुमार नेपालसँग दुईपल्ट र नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग एकपल्ट भेटेर पार्टी एकताको प्रस्ताव गरे । दाहालले दुवै नेतालाई सदन र सडकमा बलियो पार्टी बनाउने भन्दै एकताको प्रस्ताव गरेको निकट स्रोतको भनाइ छ । तर दुवै नेताले आ–आफ्नो पार्टीभित्र वामपन्थी एकताका लागि निर्णय गर्न बाँकी रहेको जवाफ दिएका छन् । ‘हतारमा पार्टी एकता गरेर फुर्सदमा पछुताउनुभन्दा…
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान शुरु गरेको छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय/घर सरसफाई अभियान शुरु गरेको हो । निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रवार घर/कार्यालय सरसफाई गर्न एक घण्टाको समय छुट्याउन आम नागरिकसँग समेत आग्रह गरेको हो । शुक्रवार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरु मिलेर मन्त्रालय सरसफाईमा जुटे । मन्त्रालयबाट शुरु गरिएको अभियान शहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्याउने…
काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको शव आफन्तले सनाखत गरेका छन्। मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेका छन्। कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । काठमाडौंका कपन बस्दै आएका कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै बिहीबार प्रहरीले मृतक महिला रहेको बताएको थियो। पछि मृतक भनिएकी महिला नै प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्। त्यसपछि थप खोजी गर्दै जाँदा साँझमात्रै प्रहरीले मृत्यु हुनेमा पुरूष रहेको बताएको थियो। गठ्ठाघरको दुर्घटना छानबिन गर्न गृहमन्त्री…
झापा । जंगली हात्ती गाउँ पसेर स्थानीयबासीको धनमालमा क्षति गर्न थालेपछि बिर्तामोड नगरपालिकाले पनि स्थानीयबासीलाई जोगाउन भन्दै सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार निर्माण गर्न शुरु गरेको छ। हात्तीलाई गाउँ पस्नबाट रोक्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ निर्माणको काम सुरु गरेको हो। वडा नम्बर ६ को देउनीया पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टासम्मको ९ किलोमिटर क्षेत्रमा तारबार निर्माण हुन लागेको कोषले जनाएको छ। तारबार निर्माण कार्यको बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले बिहीबार शिलान्यास गरिन्। शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार प्रभावकारी हुने बताइन्। उनले…
झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाएको हो । निगमका काठमाडौं उपत्यकामा अब पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५५ रुपैयाँका दरले कारोबार गर्न पाइनेछ ।