Author: खबरमञ्च

विराटनगर । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालले क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ।  अस्पतालका महाप्रबन्धक दिपेश राईका अनुसार क्यान्सर उपचारका लागि निर्मित नयाँ भवनमा रेडिएसन थेरापी सेवा सुरु गरेको हो। महाप्रबन्धक राईले तीन अर्ब लगानीमा रेडिएसन थेरापीका लागि बङ्कर सहितको भवन र अत्याधुनिक उपकरणहरुको व्यवस्था गरिएको जानकारी दिए। यससंगै, नोवेलमा दैनिक बहिरङ सेवा, दिवा हेरचाह, भर्ना भएका विरामीको उपचार गरिने अन्तरङ सेवा, केमोथेरापी, रेडिएसन थेरापी, शल्यक्रिया लगायतका सम्पूर्ण सेवाहरु उपलव्ध हुने महाप्रबन्धक राईले बताए। उनका अनुसार मुलुकमा पहिलो पटक भेरिएन कम्पनीको एज नामक रेडिएसन थेरापीको अत्याधुनिक उपकरण, ब्राकीथेरापी, सिमेन्स कम्पनीको सोमाटोम गो सिम आरटिसिटी मेशिन लगायत अत्याधुनिक उपकरणहरुबाट रेडिएसन थेरापी…

Read More

काठमाडौँ । नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेका दुवै देशले सहज एवं दिगो स्तरोन्नतिका निम्ति उत्कृष्ट अभ्यास र अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएको छ। बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले त्यहाँको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग मङ्गलबार भएको शिष्टाचार भेटमा द्विदेशीय सम्बन्धलाई नवीकृत गर्दैै आर्थिक सहकार्य र साझेदारीमा जोड दिएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । राजदूत भण्डारीले व्यापार, पारवहन र सम्पर्क सञ्जालका क्षेत्रमा सम्भाव्यताको खोजी तथा दुवै देश र जनतालाई लाभ हुने गरी ऊर्जा सहयोगमा केन्द्रित रहेर छलफल गरेका थिए। भारतीय प्रसारण लाइनमार्फत नेपालबाट ४० मेगावाट बिजुली निर्यातका सन्दर्भमा उनले…

Read More

काठमाडौं । राष्ट्रिय शिक्षा दिवस आज विभिन्‍न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ यो दिवस देशैभर मनाउन लागिएको हो । नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयनमा लैजाने क्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको थियो । दिवस मनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिसहित विभिन्न उपसमिति गठन गरिएका छन् । राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक तथा निजी लगानीका विद्यालय, प्राविधिक तथा…

Read More

सरकारले हरेक वर्षको असोज ३ गते संविधान दिवस मनाउँछ । यस वर्ष पनि असोज ३ गते विभिन्न कार्यक्रमहरु आयोजना गरी राष्ट्रिय दिवसका रुपमा संविधान दिवस मनाइँदैछ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन यो दिवस भव्यताका साथ मनाउने गरिन्छ । संघ, प्रदेश सरकारले मूल समारोह समिति गठन गरेरै संविधान दिवसलाई भव्यताका साथ मनाउने तयारी गरिरहेका छन् । साथै, यो बेला नेपाली काँग्रेससँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहनुभएको छ । काँग्रेस—एमाले सरकार बनेसँगै संविधान संशोधनको विषय प्राथमिकतामा राखिएको थियो । संविधान संशोधनको बेला भएकाले संविधानमा रहेका कमी, कमजोरीहरु…

Read More

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउनसक्ने अवस्था नरहेको बताएका छन्। प्रदेश संरचना आवश्यक नरहेको टिप्पणी भइरहेका बेला उनले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नभएको धारणा राखेका हुन् । पार्टीको कानून विभागले मंगलवार पार्टी मुख्यालय सानेपामा आयोजना गरेको संविधानको एक दशकः कार्यान्वयन र चुनौती विषयक विचार गोष्ठीमा बोल्दै सभापति देउवाले प्रदेश संरचनालाई अझै बढी उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार भने गर्नुपर्ने बताए । प्रदेश संरचनालाई अझ उत्तरदायी, पारदर्शी, बनाउने सम्बन्धमा विचार गर्ने, सोच्ने र त्यो अनुरुप यसमा सुधार गर्नुपर्ने सभापति देउवाको भनाइ थियो । उनले समावेशी सिद्धान्त सबैका लागि आवश्यक भएकाले त्यसैअनुसार…

Read More

झापा । झापाको बिर्तामोड बसपार्कमा रहेको पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पाथिभरा इन्जिनियरिङ कलेज)मा अब एसईई उत्तीर्ण विद्यार्थीका लागि सिभिल ओभरसियर, कम्प्युटर ओभरसियर र इलेक्ट्रिकल ओभरसियरका कक्षाहरू सञ्चालन हुने भएको छ। मंगलबार कलेज व्यवस्थापनले पत्रकार सम्मेलन गरेर ओभरसियरका कक्षाहरू सञ्चालन गर्नेबारे जानकारी दिएको हो। उक्त कोर्सका लागि मंगलबारदेखि फार्म खुलेको छ। कलेजका कार्यकारी प्रमुख अनुज पराजुलीका अनुसार एसईई पूरक परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी भर्ना खुलाइएको हाे। दुई वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरू सञ्चालन गर्दै आएको कलेजमा सिटिइभिटीका कक्षाहरु सञ्चालन हुने भएको कलेज व्यवस्थापन समितिका अध्यक्ष युवराज प्रसाईंले बताए। सोही कोर्सका लागि आसपासका सामुदायिक विद्यालयमा लिइने शुल्क भन्दा कममा पढाइने प्रसाईंकाे भनाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पाथिभरा इन्जिनियरिङ कलेज पूर्वको पहिलो र एक मात्र निजी इन्जिनियरिङ कलेज हो। कलेजमा सिभिल…

Read More

काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को फोटो अंकित टिसर्ट लगाएका युवायुवतीलाई समारोहस्थलबाट निकालिएको छ । मेयर बालेनको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्रमा पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर समारोहस्थलबाट बाहिर निकालेको हो । मेयर बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको स्रोतले बतायो । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने यस समारोहमा उनको विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरुलाई हटाएको बुझिएको छ । काठमाडौं महानगरले इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशेष समारोहमा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने गर्दछ । अघिल्लो बर्षको कार्यक्रममा राष्ट्रपति प्रधानमन्त्रीको उपस्थिति युवायुवतीहरुले बालेनको जयजयकार गरेका थिए ।

Read More

झापा । झापाको गौरीगञ्जमा भएको आगलागीबाट करिव ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । मंगलबार बिहान ९ बजेतिर झापा गौरीगंज गाउँपालिका वडा नं ६ देवकोटा टोल बस्ने कृष्ण राजवंशीको घरमा आगलागी भएको हो । टिनको छाना भएको, इटा र सिमेन्टको गारो भएको राजवंशीको ५ कोठे पक्की घरमा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो । आगलागीबाट राजवंशीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । उनको घरभित्र रहेको नगद ५ लाख ५० हजार, साढे ३ तोला सुन, चाँदी ५० तोला, अन्नपात, काठ, लत्ताकपडा, भाडावर्तन र कागजपत्र गरी अन्दाजी २५ लाख बराबरको क्षति भएको छ । त्यस्तै सोही घरमा डेरा गरी…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला मंगलबारबाट सुरु भएकाे छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने भेलामा सहभागी हुन देशभरबाट एक हजार पाँच सय प्रतिनिधि सहभागी भएका छन्। प्रतिनिधिहरु आउने र दर्ता गर्ने क्रम जारी छ ।  राष्ट्रिय भेलाको उद्घाटन सभापति रवि लामिछानेले गरे। भेलामा विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ। पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेश गरिनेछ। मंगलबार नै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्वल र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ।  भेलाको दोस्रो दिन मङ्गलबार प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुनेछ। भोलि नै प्रश्नोत्तरका…

Read More

बिर्तामोड । बिर्तामोडका रात्रिकालिन होटल व्यवसाय सञ्चालनका विषयमा मापदण्ड बनाइने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सोमबार बसेको सर्वपक्षीय बैठकले सरोकारवाला पक्षसँग छलफल गरी आवश्यक मापदण्ड बनाएर जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो । बिर्तामोडका होटल व्यवसायीले राति १२ बजेसम्म व्यापार गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए । सोहि अनुरुप नगरपालिकाले इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायत विभिन्न पार्टी प्रतिनिधि र सरोकारवाला निकायसंग छलफल गरेको हो । बेठकले सबै सरोकारवाला पक्षबाट बजारको अनुगमन गर्ने, बजार क्षेत्रमा जोडिएका सिसि क्यामेराको मर्मत तथा…

Read More