Author: खबरमञ्च
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/०८१ मा स्थनीय तह समेतका संघीय मामिलाका सबैभन्दा बढी उजुरी परेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै आयोगले सो जानकारी गराएको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेकाअनुसार संघीय मामिलाका स्थानीय तहसमेतका गरी ३८.९१ प्रतिशत उजुरी परेका छन् । त्यस्तै शिक्षा, स्थानीय तहसमेत १५.७९ प्रतिशत, गैरकानूनी सम्पती आर्जनसँग सम्बन्धित ६.९८ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ६.४९ उजुरीहरु रहेको घिमिरेले बताए । नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धी ४.७१, वन तथा वातावरणको ३.८२, स्वास्थ्य तथा जनसंख्याको ३.६, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ३.६१, गृह प्रशासनका ३.५२, अर्थ क्षेत्रसँग सम्बन्धित २.१२, उर्जा, जलश्रोत तथा सिंचाईसँग २.१०, खानेपानीका १.६१…
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन्। आइतवार काठमाडौंमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले चीनको सरकारले एकातिर सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने र अर्कोतिर वामपन्थीहरु मिल्नुपर्छ भन्दै हिँड्ने गरेको बताए। उनले आफूले काँग्रेसको कार्यकर्ता भएर हेर्दा चीनको सो नीति बुझ्न नसकेको बताए। उनले नेपाललाई चीनले बुझ्न नसकेको र नेपालले पनि चीनलाई बुझ्न नसकेको कुरा शर्माको पुस्तक पढेपछि स्पष्ट हुने बताए। उहाँले भन्नुभयो, ‘म नेपाली काँग्रेसको कार्यकर्ता, चीनको सरकारले आएर के…
काठमाडौँ । विभागीय टोली एपिएफ क्लव आइतवार कर्णाली प्रदेशमाथि फराकिलो जितसँगै जारी एन्फा महिला फुटबल लिगको शीर्ष स्थानमा उक्लिँदा वागमती युवा क्लव र चन्द्रपुर नगरपालिकाले बराबरीको नतिजा सामना गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा कर्णालीमाथि ६–० को जित निकाल्दै साबिकको विजेता एपिएफ शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो खेलमा भने वागमती र चन्द्रपुरले गोलरहित बराबरीको नतिजा सामना गर्यो । जितसँगै एपिएफले अपराजित यात्रा जारी राख्दा कर्णालीले भने चौथो हार सामना गर्नुपर्यो । पाँच खेलबाट १३ अंक जोडेको एपिएफ अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । लिगमा पुछारमा रहेको कर्णालीको समान खेलबाट एक अंक मात्र छ । …
झापा । पुराना कम्युनिष्ट योद्धाका रुपमा परिचित लोकबन्धु कन्दङ्वा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका बीच कन्दङ्वा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। कन्दङ्वाको नेतृत्वमा ५ सय बढी मानिसहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कन्दङ्वा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुन् । उनी नेकपा एमालेमा रहेर लामो समय राजनीतिमा क्रियाशील थिए । कन्दङ्वासँगै नेकपा एमाले जिल्ला कमिटी सदस्य सिता रणपहेली पनि माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा १ नम्बर प्रदेश इन्चार्ज हरिबोल गजुरेल (शितलकुमार)ले उनीहरुलाई पार्टीमा स्वागत…
एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। भारतको सर्वोच्च अदालतको शुक्रबारको आदेशले तिहाड जेलबाट छुटेका मुख्यमन्त्री केजरीवालले अबका दुई दिन पछि पदबाट राजीनामा दिने बताएका हुन्। मुख्यमन्त्री केजरीवालले आमआदमी पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूलाई सम्बोधन गर्दै राजीनामा गर्ने घोषणा गरे। उनले आफूले अग्निपरीक्षा गर्न चाहेको बताउँदै राजीनामा दिन लागेको बताए। यस्तै जेलमा हुँदा राजीनामा नदिएकोबारे पनि उनले प्रष्टीकरण दिएका छन्। उनले लोकतन्त्रको सम्मान गर्ने भएकाले राजीनामा नदिएको बताए। दिल्लीको मदिरासम्बन्धी नीतिमा घोटाला गरेको भन्दै सिबिआईको हिरासतमा रहेका केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा भएको सरकारले उठान गरेका मूलत: नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेट जग्गा घोटाला काण्डका कारण नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन बनेको बताएका छन्। आइतबार झापाको बिर्तामोडमा पार्टीद्वारा आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले यी दुई काण्डमा दुई पार्टीका ‘गतिलै’ नेताहरू पर्ने भएकाले बुढानीलकण्ठ र बालकोटको मिलन भएको बताए। उनले भने, ‘हामीले निकै ठूल्ठूला भ्रष्टाचारका फाइल खोल्यौं। तर यी दुईवटा फाइलले उनीहरूको निद्रा बिग्रियो र संसारमा हुँदै नभएको संसदका दुई ठूला दलको अप्राकृतिक गठबन्धन बन्यो। यो सरकार भ्रष्टहरूको सरकार हो।’ आफूले गिरीबन्धु टी स्टेटको ५१…
काठमाडौँ । सर्वोच्च अदालतको कारबाही लाइभ (प्रत्यक्ष प्रशारण) गर्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थीहरु अनिलकुमार साह र विवेक चौधरीले आइतबार पेस गरेको रिट निवेदन आइतबार सर्वोच्च अदालतले दर्ता गरेको हो । रिटमाथिको पेसी सोमबारका लागि तोकिएको छ । न्यायिक पारदर्शिता र जनतामा न्यायको पहुँचको उद्देश्य राखेर रिट निवेदन पेस गरिएको चौधरीले जानकारी दिए । निवेदकहरूले अदालतको कारवाहीलाई प्रत्यक्ष प्रसारण गर्नु न्यायिक प्रणालीको आमूल परिवर्तनको लागि अपरिहार्य रहेको समेत रिटमा उल्लेख गरेका छन् । रिट निवेदनमा विश्वका प्रमुख लोकतान्त्रिक मुलुकहरू जस्तै भारत, अमेरिका, ब्राजिल, क्यानडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया लगायतका देशहरूमा सर्वोच्च अदालतको कारवाहीको प्रत्यक्ष प्रसारण भइरहेको…
झापा । झापामा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज फरार भएका छन् । फरार हुनेमा २४ वर्षीय जीवन साह छन् । प्रहरीका अनुसार भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन् । त्यहाँ उपचाररत साहलाई आज बिहान ३: ४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीको भनाइ छ । छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो ।
झापा । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रिक्टरस्केलको भूकम्प भएको हो । यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो ।
काठमाडौँ । एमाले नेता तथा मोरङ ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका अनुसार ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पूर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५ सय रुपैयाँ बरामद गरेको हो । पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीबाट खटिएको टोलीले शनिबार राति गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेहरुमा सुनसरीको दुहबी नगरपालिका ६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा १ का…