Author: खबरमञ्च

झापा । काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका दुर्गा प्रसाईका समर्थकहरुले बिर्तामोडमा मसाल जुलुस निकालेका छन्। शुक्रबार साँझ वान स्टप मल अगाडिबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान झापा र भ्रातृ संगठन नागरिक प्रतिरक्षा बल (पीडीएफ) झापाको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको हो। “केपी ओली मुर्दावाद, भ्रष्ट सरकार मुर्दावाद, पक्राउ पुर्जी खारेज गर, दुर्गा प्रसाईं जिन्दावाद” जस्ता नाराहरु लगाउँदै मसाल जुलुस मुक्ति चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। मसाल जुलुसमा अभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनालीको नेतृत्वमा पीडीएफका झापा जिल्ला संयोजक भीम तुम्बापोसहित करिब १५० जनाको सहभागिता रहेको थियो।

Read More

विराटनगर । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन शुक्रबारदेखि अन्त्य भएको छ। सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन राति १२ बजेदेखि अन्त्य हुने घोषणा गरेका थिए। नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गरेको निर्णय सभामुख विष्टले शुक्रबारको बैठकमा पढेर सुनाएका थिए। गत जेठ ११ गतेदेखि यो अधिवेशन सुरु भएको थियो।

Read More

दमौली (तनहुँ) । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यक पर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ। एमसीए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै नयाँ बुटवल सबस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको हो। जिल्ला प्रशासन कार्यालयले असोज १ गते सूचना प्रकाशित गरी मुआब्जा प्राप्त गर्ने जग्गाधनीहरुले हकदैया भोगचलनसम्बन्धी प्रमाणसहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रशासन कार्यालय वा एमसीए नेपालको तनहुँ जिल्लास्थित सम्पर्क कार्यालय वा आयोजनाको सार्वजनिक सूचना केन्द्रमा…

Read More

काठमाडौँ । सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न संसदीय छानबिन विशेष समितिले सिफारिस गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिवेदन गृह, सहकारी, अर्थ र उद्योग मन्त्रालयमा पठाइएको छ । शुक्रबार सार्वजनिक भएको समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको हो । संसदीय समितिको प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरण सहकारी ऐन २०७४, मुलुकी…

Read More

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विभागले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी…

Read More

झापा । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ। कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो। गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो। प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ। चालु आव २०८१/८२ को दुई महिनामा रु एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ। जुन गत आव २०८०/८१ को सोही अवधिको…

Read More

झापा । झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाले विक्री गर्ने गरेको चियाको गुणस्तरमा कमी देखिएको मुद्दा जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले संस्थालाई ५० हजार रुपैयाँ धरौटी माग गरेबमोजिम उक्त रकम एनएमसीले बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए। खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार एनएमसीको चिया कम गुणस्तरको पाइएकाले कारबाही प्रक्रिया अगाडी बढाएको र धरौटी तोकिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए। खाद्य परीक्षण प्रयोगशाला विराटनगरले एनएमसी चियाको नमूना परीक्षण गर्दा कम गुणस्तरको मापदण्ड नपुगेको रिपोर्ट जिल्ला प्रशासन कार्यालय झापामा पठाएपछि त्यस्को मुद्दा…

Read More

काठमाडौँ । नेपाल प्रहरीले ठूलो परिमाणमा नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलनमार्फत पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै लागुऔषध नियन्त्रण व्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरबाट औषधिजन्य मनोद्विपक पदार्थ बिरुद्ध सञ्चालन गरिएको विशेष प्रहरी कारवाहीको क्रममा ठूलो परिमाणसहित नियन्त्रित मनोद्विपक पदार्थको कारोबारमा संलग्न गिरोह मध्यका ६ जनालाई पक्राउ गरेको बताए । भदौ १८ गते जिल्ला उदयपुर गाईघाट न.पा. वडा नं. ५ घर भइ हाल काठमाडौं गोकर्णेश्वर न.पा. ७ माकलवारी बस्ने वर्ष ३० को बहादुर राईलाई ऐ.ऐ.…

Read More

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान भित्रका समाजवादी पक्षहरुलाई तलमाथि हुनेगरी संशोधन गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्। शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधान बनाएको ९ वर्ष पूरा भएको भन्दै संविधान संशोधन गर्ने नाममा समाजवादी पक्षहरुलाई तलमाथि गर्नेकुरा सह्य नहुने बताए। उनले संविधान एउटा सम्झौता भएकाले संविधानको रक्षाका लागि आन्दोलन गर्ने घोषणा गरे । उनले संविधानमा भएका पुँजीवादी र काम नलाग्ने कुरालाई हटाउन आवश्यक रहेको बताए । काम नलाग्ने कुराहरुलाई क्रमिक रुपले संशोधन गर्दै जानुपर्ने खनालको भनाइ थियो । उनले संविधानमा भएका प्रगतिवादी कुराहरुमध्ये कुनै…

Read More

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन्। यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए। सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेको भन्दै विष्टले राजीनामा दिएका हुन्। उनले राजीनामाको बोधार्थ महासंघका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई दिएका छन्। उनले महासंघको विधि विधान र संरचनालाई लत्याएर पत्रकारिता नगरेका र फारम नभरेका करिब ४ सय व्‍यक्तिलाई सदस्यता दिएको असन्तुष्ट हुँदै राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन्। कार्यवाहक अध्यक्ष विष्टले बिहीबार महासंघको केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । उनको पत्रपछि…

Read More