विराटनगर । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन शुक्रबारदेखि अन्त्य भएको छ।
सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन राति १२ बजेदेखि अन्त्य हुने घोषणा गरेका थिए।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गरेको निर्णय सभामुख विष्टले शुक्रबारको बैठकमा पढेर सुनाएका थिए।
गत जेठ ११ गतेदेखि यो अधिवेशन सुरु भएको थियो।
Facebook Comments Box