Author: खबरमञ्च
झापा । झापा कारागारका कैदी फरार भएको घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय झापाले छानबिन गर्न एक समिति गठन गरेको छ। जबरजस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएपछि झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। भद्रपुर नगरपालिका–५ घर भएका २४ वर्षीय जीवन साह शनिबार विहान प्रहारीलाई छलेर अस्पतालबाट फरार भएका थिए। साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि गत भदौ ५ गते झापा कारागारमा चलान गरेको थियो। छातीमा समस्या भएपछि साहलाई भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। उनलाई प्रादेशिक अस्पतालबाट ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको…
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई सिफारिस गरिएको छ । संवैधानिक परिषद्को सोमबार बसेको बैठकले राउतलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । परिषद सदस्य राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले राउतको नाममा सर्वसम्मत निर्णय भएको जानकारी दिए । यसअघि प्रधानन्यायाधीश सिफारिस गर्नकै लागि गत शुक्रबार बसेको परिषद बैठक निर्णयमा पुग्न सकेको थिएन । सोमबारको बैठक अघिल्लै बैठकको निरन्तरता हो । बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री केपीशर्मा ओलीले बैठकमा प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए । न्यायपरिषद्ले प्रधानन्यायाधीश पदका लागि ८ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो । त्यसमध्ये वरिष्ठतम् न्यायाधीश राउतलाई संवैधानिक परिषद्ले सिफारिस गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९…
झापा । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगी सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम…
काठमाडौँ । प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधि सभाको चालु चौथो अधिवेशन सोमवार(आज) राति १२ बजेदेखि अन्त्य हुने भएको हो । आजको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए । सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो(आइतबार) राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसदलाई पठाएका थिए । राष्ट्रपतिले पठाएको सो पत्र पढ्दै सभामुख घिमिरेले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगिमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन्। सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानवीन विशेष समितिको प्रतिवेदन अनुसार आफू सहकारी ठगीमा संलग्न नभएको पुष्टि भएको बताएका हुन्। उनले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफू प्रवन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताए । उनले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरुको भने आफु भागिदार हुने स्पष्ट पारे । उनले भने, ‘अझैपनि भाष्य निर्माण गर्नलाई त्यहाँबाट गएको पैसा त्यसले चलाएको हो नि भनेर भनिएको छ । मैले आएको…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारी ठगीको आरोपमा क्लिन चिट पाएको बताएका छन्। सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति वाग्लेले सहकारी ठगीको आरोपमा लामिछानेले क्लिन चिट पाएको बताएका हुन् । उनले अहिले सहकारीको वास्तविक ठगहरुको प्रकरण भने उजागर भएको बताए । उनले लामिछानेलाई आरोप लगाएर रास्वपालाई क्षति गर्ने मनशायसाथ संसदीय छानविन समितिको माग गरिएको भन्दै सो आरोप खारेज भएको बताए । उनले छानविन समितिले देशलाई भलो हुने काम गरेको बताए। उनले भने, ‘सहकारीको रकम व्यक्तिगत खातामा, कम्पनीमा ल्याउन रवि लामिछानेको भूमिका छ भनेर ठग जस्तो अप्रिय आरोप लगाएर राजनीतिक…
काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ । कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको छ । लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको प्रमाण खोज्दै आएका छन् तर छानबिन समितिले उनको दोष पुष्टि हुने दर्जनौं प्रमाण जुटाएको छ । बैंकमा संयुक्त खाता सञ्चालन गरेका जीबी, रवि र छविले सहकारीबाट गोर्खा मिडियामा आएको रकम चेक काटेर खर्च गरेका थिए । ‘तीनमध्ये दुई जनाको…
न्युयोर्क । डोनाल्ड ट्रम्पमाथि आइतबार वेस्ट बाम पिचमा गल्फ खेलिरहेको समयमा फेरि गोली प्रहार भएको छ । उनीमाथि गोली प्रहार गर्ने रेन विस्ली राउथ रहेको र उनलाई पक्राउ गरिसकिएको छ । घटनाको लगत्तै वासिङ्टनमा रहेका राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र सुरक्षा अधिकृतले यस बारेमा चासो लिँदै विज्ञप्ति जारी गरेका थिए । फ्लोरिडामा रिपब्लिक प्रतिनिधि माइकल वालट्जले जुलाई घटनापछि नै आफूले यसमा सावधान रहन सुरक्षा निकायलाई सचेत गराएको बताएका छन् । घटनाका प्रत्यक्षदर्शी अनुसार अहिले गिरफ्तार गरिएका ती व्यक्ति ३०० देखि ५०० यार्ड पर थिए। प्रहारपछि उनी हतार हतार बसमा गएर कारमा पुगेर बसेका थिए। घटनापछि वेस्ट पाम बिचमा…
काठमाडौं । मोहम्मद दिवसको अवसरमा सरकारले सोमबार मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिएको छ । सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो । मुस्लिम आयोगले यसवर्षको मोहम्मद जयन्ती ३१ भदौमा पर्ने जानकारी गराएकाले बिदा दिएको गृह मन्त्रालयले सूचना जारी गरी जानकारी दिएको छ ।
काठमाडौँ । पेट्रोलको भाउ ४ रुपैयाँ र डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ । नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी तेलको भाउ घटाएको हो । नयाँ मूल्यसूची अनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल र मट्टीतेलको १४९ रुपैयाँ कायम भएको छ । अन्य इन्धनको भाउ भने यथावत् रहेको निगमले जानकारी दिएको छ ।