काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई सिफारिस गरिएको छ ।
संवैधानिक परिषद्को सोमबार बसेको बैठकले राउतलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । परिषद सदस्य राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले राउतको नाममा सर्वसम्मत निर्णय भएको जानकारी दिए ।
यसअघि प्रधानन्यायाधीश सिफारिस गर्नकै लागि गत शुक्रबार बसेको परिषद बैठक निर्णयमा पुग्न सकेको थिएन । सोमबारको बैठक अघिल्लै बैठकको निरन्तरता हो ।
बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री केपीशर्मा ओलीले बैठकमा प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए ।
न्यायपरिषद्ले प्रधानन्यायाधीश पदका लागि ८ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो । त्यसमध्ये वरिष्ठतम् न्यायाधीश राउतलाई संवैधानिक परिषद्ले सिफारिस गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेबाट अवकाशमा जाँदैछन् ।
