Author: खबरमञ्च

झापा । दुर्गा प्रसाईको नागरिक प्रतिरक्षा बल पीडीएफका झापा जिल्ला संयोजक भीम तुम्बापो पक्राउ परेका छन्। मंगलबार मध्यान्ह शिवसताक्षी–१ स्थित धरमपुर बजारमा हिडडुल गरिरहेको अवस्था राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको भ्रातृ संगठन नागरिक प्रतिरक्षा बल (पीडीएफ) का झापा जिल्ला संयोजक तुम्बापोलाई इलाका प्रहरी कार्यालय, झिलझिलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाइएको डीएसपी प्रकाश विष्टले बताए। यसअघि सोमबार दिउँसो बिर्तामोड ७, गरामनीस्थित निजी निवासबाट नागरिक प्रतिरक्षा बल (पीडीएफ) का झापा जिल्ला सहसचिब बिजय चौधरी पक्राउ परेका थिए। तुम्बापोलाई कन्काई – ८, बिरिङ पुल र बिर्तामोड –६ गिरीबन्धु टी इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा २…

Read More

झापा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले झापा बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुससहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले ८० हजार रुपैयाँ घुस लिँदै गर्दा वडाध्यक्ष ओलीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएका छन्। एक जना भारतीय नागरिकलाई जमिन दिलाइदिने भन्दै ती भारतीयबाट एक लाख ६० हजार वडाध्यक्ष ओलीले घुस मागेको विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले बताएका छन्। मंगलबार दिउँसो बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा भारतीय नागरिक अमरनाथ चौहानले ८० हजार रुपैयाँ दिँदै गर्दा ओली माओवादी कार्यकर्ताको नियन्त्रणमा परेका थिए। घुस दिने र लिनेलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।

Read More

झापा । झापाको बिर्तामोडमा १५ दिने किताव मेला शुरु भएको छ । सोमवारबाट शुरु भएको किताव मेला आगामी असोज २३ गतेसम्म चल्ने मेला आयोजक संस्थाहरूमध्ये वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले जानकारी दिए । मेलामा विभिन्न विधाका कितावहरू राखिएको छ । झापाली साहित्यकारहरूले रचना गरेका कितावहरूको छुट्टै स्टल राखिएको छ । वर्तमान अवस्थामा मानिसहरूमा किताव पढ्ने बानी हराउँदै गएकाले पढ्ने संस्कृतिको विकास गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको सिग्देलले बताए । मेलाले घर/घरमा पठन संस्कृतिको विकास गर्नका लागि मिनी लाइब्रेरी स्थापना गर्न प्रेरित गर्न सहयोग मिल्ने सिग्देलको भनाइ छ । उनले दशैँँमा आफन्तजनलाई किताव उपहार दिने प्रचलन विकास गर्नु मेलाको उद्देश्य रहेको…

Read More

काठमाडौं । आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुनको सक्रियताका कारण देशभर वर्षा हुने छ । केही दिनयता पानी नपर्दा चर्को घाम सहेकाहरुलाई वर्षाले राहत दिने छ । तर भित्राउन तयार बालीनालीलाई र अन्य कृषिकर्ममा भने यसले असर पुर्‍याउने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ । असोज ८ मंगलबार दिउँसोदेखि लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ । एक–दुई स्थानमा…

Read More

काठमाडौं । एसईईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले लिएको परीक्षामा ५६.७८ प्रतिशत विद्यार्थी उतीर्ण भएका हुन् । दुई लाख १० हजार तीन २१ जनाले परीक्षा दिएकोमा एक लाख १९ हजार चार २५ जना मात्रै उत्तीर्ण भएका छन् । बोर्डले चैतमा लिएको नियमित परीक्षामा एनजी आएका र अनुपस्थित विद्यार्थीको पुनः परीक्षा लिएको थियो । परीक्षा नियन्त्रक नन्दलाल पौडेललेले एनजी र अनुपस्थित विद्यार्थी ९० हजार आठ सय ८८ जना छन् । कार्यालयले आठ जनाको उत्तरपुस्तिका रद्द गरेको छ । पौडेलका अनुसार ३.६१ देखि ४ जिपिए…

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले भ्रष्टाचार वडा तहमै पुगेको बताएका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संघीयतापछि भ्रष्टाचार वडा वडामा पुगेको बताएका हुन् । उनले संघीयतामा तल तलसम्म अधिकार पुर्याउने नाममा भ्रष्टाचार लगेको आरोप लगाए । उनले राजनीतिक दलहरु नैतिक संकटको पतनमा रहेको बताए । उनले अब देश सम्हाल्नै गाह्रो रहेको भन्दै अन्तर्राष्ट्रिय भूराजनीतिका द्वन्द्वमा नेपाल फसेको बताए। उहाँले भन्नुभयो, ‘हामीले संघीयतामा तल तलसम्म अधिकार पुर्याउने भन्यौँ । पञ्चायत हुँदा भ्रष्टाचार अलिकति दरबारको वरिपरी सिमित थियो । बहुदल आएपछि त्यो सिंहदरबार र ७५ जिल्लामा फैलियो । र गणतन्त्र आएपछि अब त वडा वडामा पुग्यो ।…

Read More

पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप गरेको हो । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो । आइतवार नै पक्राउ पुर्जी जारी गरेर प्रक्राउ गरी जिल्ला अदालत कास्कीमा सोमवार उपस्थित गराइएको हो । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले…

Read More

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको एजेण्डाको कथा हालेको बताएका छन्। सोमवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र नेतृत्वको सरकारलाई हटाउनैपर्नेे निष्कर्षमा पुगेपछि दुई ठूला दल काँग्रेस–एमालेले संविधान संशोधनको कथा बनाएको जिकिर गरेका हुन् । दुवै दलले संविधान संशोधन गरेर मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्छ भनेर कहीँकतै सुनिएको थियो ? भन्दै सहभागीहरूलाई दाहालले प्रश्न गरे। काँग्रेस–एमालेले सरकार चाहिएपछि संविधान संशोधनको कथा हाल्न पुगेको अध्यक्ष दाहालको भनाइ थियो । उनले काँग्रेस–एमालेले विस्तृत शान्ति सम्झौतालाई वर्तमान संविधानको अंग हो भन्ने कुराको मर्मलाई आत्मासात नगरेको पनि…

Read More

कास्की । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीले सहकारीको रकम अपचलन प्रकरणमा तत्कालीन गृहमन्त्री रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) नै प्रमुख जिम्मेवार रहेको बताएका छन् । आइतबार पक्राउ परेका जोशीले कास्की प्रहरीको प्रारम्भिक बयानका क्रममा सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याउने र खर्च गर्ने भूमिकामा लामिछाने र राईकै भूमिका प्रमुख रहेको बयान दिएका हुन् । जोशीमा थुनामा राखेर अनुसन्धान गर्न कास्की प्रहरीले पहिलोपटक पाँच दिनको म्याद पाएको छ । जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई आइतबार नै पोखरा पठाइएको थियो । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक समेत रहेका जोशीमाथि तीनवटा कसुरमा अनुसन्धान गर्नुपर्ने…

Read More

काठमाडौँ । काभा महिला भलिबल क्लव च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लवको सोमवार भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा काभा क्लव भलिबल च्याम्पियन विजेता नेपाल पुलिस क्लवका खेलाडीको भव्य स्वागत गरिएको हो । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, संघका अन्य पदाधिकारी, विभिन्न खेलका खेलाडी र नेपाल प्रहरीका उच्च पदस्थ अधिकृतलगायतले विजेता टोलीलाई स्वागत गरेका थिए । टोलीलाई बाजागाजासहित विमानस्थलबाट महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा पुर्याइएको थियो । त्यहाँ सञ्चारकर्मी प्रवेशमा भने रोक लगाइएको थियो । नेपाल पुलिस क्लवले फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लवमाथि ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिस अपराजित रहँदै यो उचाल्न सफल भयो…

Read More