Author: खबरमञ्च
काठमाडौँ । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्र्तगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत…
काठमाडौँ । दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ। त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन्। उनले देशभरिमा ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिए। प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको उनले बताए । अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन् । सशस्त्र…
काठमाडौँ । अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ। सडक विभागले आज दिउँसो १२ बजेसम्म सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन् भने काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिए। “ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन्। विद्युत् तथा इन्टरनेट सम्पर्क विच्छेद हुँदा सबै विवरण सङ्कलन गर्न पनि सकिएको छैन। यो प्रारम्भिक विवरण मात्रै हो”, अर्यालले भने,…
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजबाट सवारी साधन आवागमनमा रोक लगाइएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार कोशी ब्यारेजबाट सवारी साधन आवागमनमा रोक लगाइएको हो। सप्तकोशी नदीमा पानीको बहाव उच्च भएसँगै नदी किनारस्थित वराहक्षेत्र नगरपालिकाका केही वडा डुबानमा परेका छन्। शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले डुबानमा परेको नदी आसपास क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। कोशीमा बढेको पानी वराहक्षेत्र नगरपालिका ६ स्थित ठाकुरबारी, टिक्री चिलिया टापुमा २२ जना फसेको मुख्यमन्त्री कार्कीले बताए। त्यसैगरि, सोही नगरपालिकास्थित वडा नम्बर ९ मा समेत बाढीमा परि १२ जना फसेका छन्। हाल कुल ३४ बाढीमा फसेका…
सुनसरी । सप्तरी र सुनसरी जिल्लाको सिमानामा पर्ने कोशी ब्यारेजका सबै ढोका खुल्ला गरिएको छ। भारी बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव ४ लाख १९ हजार क्युसेक पुगेपछि ५६ वटै ढोका खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार पानीको बहाव धेरै खतरायुक्त भएकाले ब्यारेजका सबै ढोका खोलिएको हो।
काठमाडौँ । मुलुकभर तीन दिनदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रुपमा बागमती प्रदेश बढी प्रभावित भएको छ । बागमतीको खासगरी काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरमा क्षतिका घटना भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बिपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका यस क्षेत्रका साना र ठूलागरी धेरै सडक अवरुद्ध छन् । अन्य प्रदेशमा पनि राजमार्ग अवरुद्ध तथा खोला र नदी किनारका खेतीयोग्य जमिन कटानका थुप्रै घटना भएका छन् । अहिले अन्य भागको तुलनामा सुदूरपश्चिम र कर्णालीमा भने सामान्य पानी परेको छ । कोसी प्रदेशका धनकुटालगायत क्षेत्रमा केही क्षतिको विवरण प्राप्त भएको…
झापा । पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा फिदिम १२ घर भइ हाल फिदिम ४ मा अस्थायी बसोबास गर्ने २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पा छन्। दुवैजनालाई आज बिहान ४ बजे पहिरोले पुरेको थियो। पहिरो गएको स्थानदेखि केही टाढा डेरा बस्ने उनीहरू साथीको घरमा सुत्न आएका थिए। पहिरोले आदिवासी जनजाति महासंघ पाँचथरको भवन पनि पुरेको छ। सोही भवन नजिकैको घर सडक माथिदेखि आएको पहिरोले पुर्दा आमा छोरीको ज्यान गएको हो। दुवै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डिएसपी हेमन्त भण्डारीले जानकारी दिएका छन्।
काठमाडौँ । न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । परिषद्को बैठकले उच्च अदालतका १४ न्यायाधीशको सरुवा सिफारिस गर्ने समेत निर्णय गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए । त्यस्तै, बैठकले राजस्व न्यायाधीकरणले नेपालगञ्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश सुभाष पौडेललाई तोक्ने र वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत, दिपायलका न्यायाधीश गोकर्ण डाँगीलाई…
झापा । पछिल्लो २४ घण्टामा झापामा २९७ मिलिमिटर वर्षा भएको छ। नदीहरूमा जलसतहले चेतावनी तह पार गरेको छ। जल तथा मौसम विभागका अनुसार कोशी प्रदेशको झापामा अतिभारी वर्षा भइरहेको छ। झापाका अधिकांश ठाउँमा पछिल्लो २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ। चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २९७ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै केचनामा पछिल्लो २४ घण्टामा २२२ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै इलाममा समेत अति भारी वर्षा भएको छ। इलाममा पछिल्लो २४ घण्टामा २३७ मिलिमिटर वर्षा भएको छ। झापाको गौरादह र अनारमनी बिर्तामा पनि २ सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। मोटरसाइकल बगायो अविरल वर्षाका कारण…
काठमाडौँ । ठूलो वर्षाका कारण कम भिजिविलिटी हुँदा देशका विभिन्न स्थानबाट हुने उडान तथा अवतरण प्रभावित भएका छन् । सुर्खेत, पोखरा, भरतपुर, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरका उडान भने भइरहेका छन् । वर्षाकै कारण आज कुनै पनि माउण्टेन फ्लाइट भएनन् ।