सुनसरी । सप्तरी र सुनसरी जिल्लाको सिमानामा पर्ने कोशी ब्यारेजका सबै ढोका खुल्ला गरिएको छ।
भारी बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव ४ लाख १९ हजार क्युसेक पुगेपछि ५६ वटै ढोका खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार पानीको बहाव धेरै खतरायुक्त भएकाले ब्यारेजका सबै ढोका खोलिएको हो।
Facebook Comments Box
