Author: खबरमञ्च

झापा । मादक पदार्थ सेवन गरी चलाएका बिर्तामोड नगरपालिकाका दमकल चालकले आफ्नै कार्यालयको ट्रयाक्टरलाई ठक्कर दिई दुर्घटना गराएका छन् । मंगलबार साँझ ६.५५ बजे मेचीनगरमा भारतीय कारमा भइरहेको आगलागी निभाउन जाँदै गरेको बिर्तामोड नगरपालिकाको मे १ग४१ नम्बरको दमकल दुर्घटनामा परेको हो । अर्जुनधारा नगरपालिका– ११ गिरीबन्धु टि इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको अर्जुनधारा– ७ बस्ने मोहनप्रसाद भेटवालले चलाएको मे १त ४१३८ नम्बरको बिर्तामोड नगरपालिकाको फोहोर उठाउने ट्रयाक्टरलाई सोही दिशातर्फ जाँदै गरेको भद्रपुर नगरपालिका ६ बस्ने बर्ष अन्दाजी ४७ का मनोज पौडेलले चलाएको बिर्तामोड नगरपालिकाकै दमकलले ओभरटेक गर्न खोज्दा ट्रयाक्टरलाई ठक्कर दिएको हो । ट्रयाक्टर रोडउत्तर खाल्डोमा पल्टिएको थियो।…

Read More

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो। उनीहरूलाई अध्यागमन विभाग पठाइएको छ।

Read More

काठमाडौँ । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन। यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ। साथै आज औँसी श्राद्ध पनि गरिन्छ। पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ। कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ। कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ। मिथिलाक्षेत्रमा पितृपक्षका बेला जलाशयमा गएर तर्पण दिने चलन छ।

Read More

काठमाडौँ । केही दिन अघिको भारी बर्षाका कारण बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। अन्य एक सय ५८ जना घाइते भएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन गरिएको छ। प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ। सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताएका छन्।

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार, सहयोग र पुनर्निर्माणको कामका जुट्न आह्वान गरेका छन्। मुलुकमा विपद्ले निम्त्याएका संकट समाधानलगायतका विषयमा मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले सरकारले पीडित जनताको उद्धार तथा राहतका लागि सक्दो पहल गरेको र केही कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने बताए। पीडित जनताको उद्धार, राहत, सहयोग, पुनर्निर्माणका कामहरु गर्ने बेला भएकाले यसमा सम्पूर्ण नेपालीहरु एकजुट हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले सिंगो मुलुक विपदमा परेको उल्लेख गर्दै त्यसलाई सबैले मिलेर सामना गर्नुपर्ने बताए । विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्याएर…

Read More

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ। मंगलबार न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुई वटा मुद्दामा ५०-५० हजार गरी जम्मा एक लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए। उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार दुई वटा जाहेरी परेको थियो। उक्त जाहेरी परेसँगै साइबर ब्युरोले प्रसाईंलाई असोज ६ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

Read More

झापा । झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ। स्थापना भएको लामो समयपछि मनमोहन अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको हो। बिरामीको रोग पत्ता लगाउन निकै महत्वपूर्ण मानिएको सिटी स्क्यान उपकरण जडान भएपछि बिरामीको उपचार अझ प्रभावकारी ढंगबाट गरिने अस्पतालमा कार्यरत चिकित्सकहरूले बताएका छन्। अस्पतालमा सिटी स्क्यान जडानपश्चात जटिल किसिमका रोगहरूको पहिचान गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा स्त्री तथा प्रसूती रोगका वरिष्ठ विशेषज्ञ डा. एकराज गौतमले बताए। मनमोहन मेमोरियल अस्पतालमा जडान गरिएको सिटी स्क्यान मेसिन अत्याधुनिक भएको बताइन्छ। क्यानोन कम्पनीको उक्त मेसिनले अन्य मेसिन भन्दा स्पष्टसंग शरीरका भित्री अंगहरूका आकृति खिच्ने बताइन्छ।…

Read More

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विपद्का बेला प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन्। उनले केही मन्त्रीहरूको अभिव्यक्तिसमेत आपत्तिजनक भएको बताएका हुन्। अमेरिकाबाट फर्केका प्रधानमन्त्री ओलीले सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको पूर्व सूचनामा ‘यहाँनेर बाढी आउँछ, पहिरो जान्छ भनिएको थिएन’ भन्ने किसिमको अभिव्यक्ति दिएका थिए। उनले ‘म अमेरिका भैंसी दुहुन गएको होइन’ जस्ता अभिव्यक्ति दिएका थिए। उनका अभिव्यक्तिको विषयलाई लिएर अहिले समाजिक सञ्जालमा आलोचना तथा आक्रोश व्यक्त हुन थालेका छन्। यही सन्दर्भमा राप्रपा अध्यक्ष अध्यक्ष लिङ्देनले समेत उनका अभिव्यक्तिमाथि तीब्र असन्तुष्टि जनाएका हुन्। लिङ्देनले लेखेका छन्, ‘मौसमविदको “रेड अलर्ड”बाट विपतलाई पुरै रोक्न त…

Read More

कमलामाई (सिन्धुली) । वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्‍याएको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले दुई पक्की पुल र आठ वटा झोलुङ्गे पुलमा क्षति भएको हो । सिन्धुलीकोे सुनकोशी गाउँपालिका–१ खैरनीघाटबाट रामेछापको खाँडादेवी गाउँपालिका–१ लुगी जोड्ने पक्की पुल पूर्ण रुपमा बगाएको सुनकोसी–१ का वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कुशेश्वर दुम्जास्थित खैरनीघाटको पुल रोशी र सुनकोसी नदीमा आएको बाढीले बगाउँदा खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका र मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने यात्रीलाई सास्ती भएको छ । खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष रमा घिसिङले पक्की पुलसँगै सुनकोसी–५ रामटारबाट…

Read More

काठमाडौँ । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए। बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए।

Read More