झापा । मादक पदार्थ सेवन गरी चलाएका बिर्तामोड नगरपालिकाका दमकल चालकले आफ्नै कार्यालयको ट्रयाक्टरलाई ठक्कर दिई दुर्घटना गराएका छन् ।
मंगलबार साँझ ६.५५ बजे मेचीनगरमा भारतीय कारमा भइरहेको आगलागी निभाउन जाँदै गरेको बिर्तामोड नगरपालिकाको मे १ग४१ नम्बरको दमकल दुर्घटनामा परेको हो ।
अर्जुनधारा नगरपालिका– ११ गिरीबन्धु टि इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको अर्जुनधारा– ७ बस्ने मोहनप्रसाद भेटवालले चलाएको मे १त ४१३८ नम्बरको बिर्तामोड नगरपालिकाको फोहोर उठाउने ट्रयाक्टरलाई सोही दिशातर्फ जाँदै गरेको भद्रपुर नगरपालिका ६ बस्ने बर्ष अन्दाजी ४७ का मनोज पौडेलले चलाएको बिर्तामोड नगरपालिकाकै दमकलले ओभरटेक गर्न खोज्दा ट्रयाक्टरलाई ठक्कर दिएको हो । ट्रयाक्टर रोडउत्तर खाल्डोमा पल्टिएको थियो।
दमकल चालक पौडेललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। दमकलका चालकसहितका कर्मचारीले मादक पदार्थ सेवन गरेका कारण दमकल ट्रयाक्टरमा ठोक्किएको बताइएको छ।
