Author: खबरमञ्च

काठमाडौँ । नेपालमा पछिल्लो समय डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो तथ्याङ्क गत जनवरी १ देखि ७ अक्टोबरसम्मको हो । महाशाखाका अनुसार यस अवधिमा हालसम्म १७ हजार ६०२ जनामा डेंगुको सङ्क्रमण पुष्टि भइसकेको छ । डेंगुबाट ७६ जिल्ला प्रभावित रहेका छन् । प्रभावित जिल्लामध्ये सबैभन्दा बढी कास्की जिल्लामा २ हजार ७०९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै, दोस्रो स्थानमा काठमाडौँमा २ हजार ५६७ जना, तनहुँमा १ हजार ९५४ जना, पर्वतमा १ हजार ४२१ र चितवनमा ९ सय ७ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ ।

Read More

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यलय प्रमुखहरु कोही पनि सुरक्षित नहुने उनको जिकिर थियो । अर्थमन्त्री पौडेलले राजश्वको लक्ष्य जसरी पनि पूरा गर्न मातहतका निकायहरुलाई निर्देशन दिए । उनले लक्ष्य पूरा गर्नका लागि करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्ने उल्लेख गरे । उनले त्रास, आतंक, भय सिर्जना गर्ने कामबाट कर प्रशासन सम्पूर्ण रुपमा अलग हुनुपर्ने बताए । उनले अधिकांश कर कार्यालयहरुमा सेवाग्राहीहरुलाई गर्ने व्यवहारमा सुधार भएको…

Read More

काठमाडौँ । आसन्न स्थानीय तहको उपनिर्वाचनका निम्ति २५ दल दर्ता गरिएका छन् । निर्वाचन आयोगले आइतबार दल दर्ताको निर्णय गरेको हो । उपनिर्वाचन प्रयोजनका निम्ति यही असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय तोकिएको थियो । उक्त अवधिमा २६ दल दर्ताको निवेदन दिइएको थियो । निवेदनमाथि अध्ययन गरी कानुनी रीत पूरा भएका २५ दल दर्ताको निर्णय गरिएको आयोगले जनाएको छ । स्थानीय तहमा रिक्त स्थान परिपूर्तिका निम्ति आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसिर २ मा उम्मेदवारी दर्ता गरिने कार्यतालिका छ ।

Read More

काठमाडौँ । दसैंको घटस्थापनादेखि पूर्णिमासम्म बिदा भएकाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका रिटमा मात्र सुनुवाइ हुन्छ,  हरेक न्यायाधीशलाई पालैपालो एक एक दिन इजलास तोकिएको छ । प्रकाशमानसिंह राउतको पालो पनि आइतबारलाई थियो । संयोग, उनी इजलासमा आइपुग्दा प्रधानन्यायाधीश भइसकेका थिए ।  आइतबार साढे १ बजे राउतलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराए । मुलुकको ३२ औं प्रधानन्यायाधीशका रूपमा नियुक्त भएलगत्तै राउत सर्वोच्च अदालत आए, जहाँ कर्मचारी, न्यायाधीश र वकिल उनको स्वागतमा बसेका थिए । बधाई लिइसकेपछि प्रधानन्यायाधीश राउत इजलासमा बसे । ‘अदालत बन्द भए पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा छिन्न हरेक दिन एक जना श्रीमान्को पालो तोकिएको हुन्छ,’ सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले भने, ‘आज प्रकाश श्रीमान्को पालो…

Read More

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीलाई आघात पुग्ने कुनै पनि क्रियाकलाप गर्ने–गराउनेलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने चेतावनी दिएकी छन् । अध्यक्ष श्रेष्ठले पार्टीका केही सदस्य साथीहरूले आफ्नो पदीय मर्यादा समेतलाई ख्याल नराखी पार्टी नेतृत्वलाई जथाभाबी गालीगलौज गर्ने, अपुष्ट र नभएको कुरा लेखेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति देखिएको उल्लेख गरेकी छन् । त्यस्ता क्रियाकलाप गर्ने जो कोही पार्टीको इमानदार सदस्य नहुने स्पष्ट गर्दै अध्यक्ष श्रेष्ठले अनुशासन आयोगमार्फत त्यस्तामाथि कारबाही हुने चेतावनी दिएकी छन् । अब उप्रान्त त्यस्ता गतिविधि सह्य नहुने चेतावनी दिँदै उनले पार्टीका सदस्यहरूलाई आ–आफ्नो विचार पार्टीको बैठकमा राख्ने पूर्ण स्वतन्त्रता भएको र…

Read More

काठमाडौँ । सरकारको निर्देशनमा नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले फूलपातीका दिन काठमाडौँ–भैरहवा–काठमाडौं चार्टर उडान गर्ने भएको छ । चार्टर उडानका लागि निगमले आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुमति मागेको छ । प्राधिकरणले आइतबार साँझसम्म निगमलाई अनुमति जारी गरी नसकेको सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । निगमले एक दिनका लागि १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानलाई भैरहवा पठाउन लागेको हो । निगमले प्राधिकरणले अनुमति जारी गरेपछि टिकट बिक्री खुला गर्ने जनाएको छ ।

Read More

झापा । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिसकेकाले त्यहाँ पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ। यसका अतिरिक्त देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू–भाग तथा आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। अहिले बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

Read More

झापा । बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईका समर्थकको आगजनीमा परेका भारतीय ट्रक चालकको मृत्यु भएको छ। गत असोज ७ गते बिहान बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेट नजिक पूर्वपश्चिम राजमार्गमा सुनसरीको दुहबीबाट जुट पुर्याएर पूर्वतर्फ आउँदै गरेको भारतीय ट्रकमा दुर्गा प्रसाईका समर्थकले आगजनी गरेका थिए। उनीहरु आगजनी गरी फरार भएका थिए। आगलागीबाट ट्रकका चालक भारत छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा राय घाइते भएका थिए। उनलाई उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बंगाल मेडिकल कलेजमा भइरहेकोमा गए राति मृत्यु भएको हो। उनका आफन्तहरूले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाकामा अवरोध गरेका थिए। उनीहरूले…

Read More

झापा । हत्या गरी गाडेको सुराक पाइसकेपछि चार दिनदेखि उत्खनन् गरिरहेको प्रहरीले बिरिङ खोलाको किनारबाट एक व्यक्तिको कंकाल फेला पारेको छ। हत्या गरेर गाडेको सुराक पाएको प्रहरीले बिरिङ खोला किनार उत्खनन् गर्दा कंकाल फेला पारेको हो। करिब तीन महिना अघिदेखि हराइरहेका झापा बाह्रदशी–५ फूलवारीका राजेश ठाकुरको कंकाल हुनसक्ने प्रहरीको भनाइ छ। बाह्रदशी ७ स्थित बिरिङ खोलाको बगरमा कंकाल भेटिएको हो। प्रहरीले चार दिनदेखि ठाकुरको शव खोज्न उत्खनन् गरिरहेको थियो। कंकाल शनिवार साँझ बिरिङ खोलाको बगरमा भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताएका छन्। कंकालका बारेमा कानुनी प्रक्रिया पुर्याउने कार्य भइरहेको र पहिचान गर्न प्रक्रिया अगाडि बढाइएको उनले जानकारी…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनीका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति…

Read More