Author: खबरमञ्च

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू-२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलंकाको कोलम्बोमा शनिबार सम्पन्न फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३-१ को सेटमा पराजित भएको हो । खेलको सुरुवाती पहिलो सेटमा २७-२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुग्यो । खेलको दोस्रो सेट २५-१०, तेस्रो सेट २५-१६ र चौथो तथा अन्तिम सेटमा नेपाल २५-२० ले पराजित बन्यो । समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराउँदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो । त्यसैगरी नेपालले समूह चरणमा श्रीलंका, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो । श्रीलंका…

Read More

झापा । मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम आज पनि जारी रहेको छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज एकादशीमा पनि जारी छ। मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन्। आज एकादशीको ब्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। एकादशीका दिन आज झापा गरामनीको ऐतिहासिक एवं धार्मिकस्थल गरामनीको दुर्गा मन्दिरमा मेला लाग्ने भएको छ।

Read More

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमणमा आफूलाई गरेको सम्मानलाई सबै नेपालीहरुलाई गरेको सम्मानका रुपमा ग्रहण गरेको बताएका छन्। निर्मल निवासमा शनिवार सर्वसाधारणलाई विजया दशमीको टिका लगाउने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले यस्तो बताएका हुन्। उनले केही दिनअघि मात्रै आफू भुटान गएको र भुटान भ्रमण निजी भ्रमण रहेको बताए। भुटान भ्रमणको बारेमा सबैको चासो र जिज्ञासा रहेको उनले बताए। पूर्वराजा शाहले भुटानको राजपरिवार र भुटानी जनताले आफूलाई दर्शाएको स्वागत, सम्मान र मित्रतालाई आफूले सम्पूर्ण नेपालीहरु र नेपालालई गरेको सम्मानका रुपमा लिएको बताए। उनले नेपाललाई गरेको स्वागतका लागि भुटानी जनता र राजपरिवारलाई कृतज्ञता पनि व्यक्त गरे। उनले भने, ‘तपाईंहरुमार्फत…

Read More

झापा । बिर्तामोडका खेलप्रेमी एवम् सामाजिक व्यक्तित्व डिके(धनकुमार गुरुङ)को निधन भएको छ । बिर्तामोड-१ निवासी गुरुङको ६५ वर्षको उमेरमा आज बिहान ३ बजे निजी निवासमा निधन भएको हो । बिर्तामोड फुटबल क्लब, भूपू सैनिक संघका पूर्व अध्यक्षसमेत रहेका पूर्व भारतीय सेना गुरुङ प्रेसर सुगरलगायतका समस्याबाट पीडित थिए। डिके गुरुङ मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङका काइला दाजु हुन् ।

Read More

काठमाडौँ । विजयादशमीको दिन पनि विदेशिनेहरूको लर्को लागेको छ। बडादसैँको मुख्य दिन विजयादशमी (शनिबार) को दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरूको भीड लागेको हो। विजयीदशमीको तयारी घरघरमा भइरहेको क्षणमा पनि नेपालीहरू रोजगारीका लागि स्वदेश छोडन विवश छन्। दसैँ नेपालीहरुको महान चाड हो। यस पर्वमा विशेष गरेर मान्यजनको हातबाट टीका थापेर आर्थिवाद लिने गरिन्छ। तर, वैदेशिक रोजगारीका कारण धेरैजसो नेपालीहरूले आफूभन्दा ठूलाबाट आर्शिवाद लिने दसैँमा पनि परिवारबाट छुटने क्रम बढदो छ। विजयादशमीको दिनमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक भन्दा बाह्य उडानको चाप देखिएको छ। देशमा रोजगारीको अवसर नभएपछि नेपालमा विदेशिनेहरूको संख्या प्रतिदिन बढदै गएको छ। नेपालमा सरदर हरेक दिन…

Read More

दमौली (तनहुँ)- तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुग्नुभएका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए। आठ महिनापछि उनी पाइलट बन्दै थिए। छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दसैँ पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ । विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताए। यता नेपालमा रहेको पन्थ परिवार दसैँका लागि जमराको चाँजोपाँजो गर्दै थिए । त्यहीबेला खबर आयो, छोरा विराट असोज १७ गते घटनास्थापनाका दिन आफैँले चलाएको कार दुर्घटनामा…

Read More

काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ। विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन…

Read More

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा अन्तर-व्यवस्थापिका संघ (आईपीयू)को १४९ औँ महासभामा भाग लिन नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ । महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर-व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत छ । यही असोज २७ देखि कातिक १ गतेसम्म महासभामा भाग लिन गएको अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा सासदहरु सुनिता बराल र निशा डाँगी छन् । प्रतिनिधिमण्डलमा राष्ट्रिय सभासदस्यहरू तारामान…

Read More

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने भएका छन्। संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले आज शनिवार विजयदशमीका दिन अपराह्न ४ बजेपछि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने छन्। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। टीकाको उत्तम साइत ११:३६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ।

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्। उनले यही दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिने कार्यक्रम छ। राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिने छन्। साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा…

Read More