Author: admin
उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाइघाटबाट सुनसरीको इटहरी जादै गरेको म्याजिक भ्यानमा अचानक आगलागी हुँदा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । गाइघाटबाट इटहरी हिंडेको म्याजिक भ्यानमा चौदण्डीगढी नगरपालिका ६ को अधिकारी होटल संगैको उकालोमा अचानक आगलागी भएको स्थानीयबासीले जनाएका छन् । आगलागीको खबर पाउने बितिकै चौदण्डीगढी नगरपालिका बाट आएको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । सानो ब्यापार गर्दै सुन्सरीबाट उदयपुर आएका भ्यानका चालक एवम धनी मोतिराम खड्काको म्याजिक जल्दा भ्यानमा रहेको ४० कार्टुन थुक्पा बनाउने चाउमिनसमेत जलेर नस्ट भएको छ । म्याजिक भ्यानमा रहेका चालक खड्का र भ्यानमा सवार एक व्यक्ति सकुशल रहेका छन् । म्याजिक पूर्ण…
काठमाडौं । भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनीयताको सपथ लिँदैछिन्। मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनीयताको सपथ लिनेछिन्। प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनियताको सपथ गराउनेछन्। सपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा संसदमा आइपुग्नेछन्। त्यस्तै, अर्को औपचारिक कार्यक्रम बिहान ९ः४२ बजे राष्ट्रपति भवनको प्रांगणमा हुनेछ। तर, पानी परेमा सो कार्यक्रम स्थगित हुने सपथ कार्यक्रमको तालिकामा उल्लेख छ। ६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन्। उनी भारतका १५औँ राष्ट्रपति हुन्।
काठमाडौं । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेशको विषयलाई लिएर छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले सिंहदरबारभित्रका थप दुई सीसीटिभी फुटेज माग गरेको छ । समितिले गत बिहीबार सिंहदरबारमा तीन घण्टासम्म पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको थियो । बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सीसीटीभी फुटेज मेटाएको आरोप शर्मामाथि लागेको छ । उपभोक्ता हित संरक्षण मञ्चले १४ गतेको फुटेज माग गर्दा अर्थ मन्त्रालयले १३ दिनको मात्र फुटेज क्षमता भएको भन्दै पत्र पठाएको थियो । अर्थ मन्त्रालयको त्यही पत्रपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदमा अर्थमन्त्री शर्माको राजीनामाका लागि दबाब दिएको थियो । समितिले अर्थमन्त्रालयको सीसीटिभी फुटेजको प्राविधिक…
काठमाडौं । प्रतिनिधिसभाबाट लामो बहस र विवादकाबीच नेपाल नागरिकता ऐन – २०६३ लाइृ संशोधन गर्न बनेको विधेयक पारित भएकोमा आपत्ति जनाएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमाथि दोहोरो चरित्र देखाएको आरोप लागेको छ । सत्तारुढ दलका नेताहरूले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा ल्याएको विधेयककै प्रावधानलाई पारित गर्दा पनि एमालेले आपत्ति जनाएर दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै नागरिकता जस्तो संवेदनशील विषयलाई चुनावी राजनीतिक एजेन्डा नबनाउन चेतावनी दिनुभयो । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी नेता पुनले केपी ओली नेतृत्वको सरकारले…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दलहरुको स्वार्थका कारण मुलुकको अस्तित्वमाथि नै खतरा उत्पन्न भएको बताएका छन् । आइतबार काठमाडौंमा राप्रपा निकट नेपाल प्राज्ञिक परिषदले आयोजना गरेको कार्यक्रममा लिङ्देनले आफ्नो स्वार्थलागि बिभिन्न शक्ति राष्ट्रसंग मुलुकको हित बिपरितका सम्झौताहरु गरिएको भन्दै यसले मुलुकको अस्तीत्वमाथि नै खतरा उत्पन्न भएको बताएका हुन् । उनले बार्षिक बजेट बनाउने क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराउने र करको दायरा हेरफेर गर्ने काम देखि देशको हित र जनताको चाहना बिपरित एमसीसी र एसपीपी जस्ता देशलाई कमजोर पार्ने सम्झौता गरिएको तर्क गरे । देशलाई दुर्घटनाबाट बचाउन चाहनेहरु एक ठाँउमा आउनुपर्ने उनको भनाइ छ । लिङ्देनले अहिलेको…
काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सल्लाघारीमा बाटोमाथिको रुख एक्कासी ढलेर बाटोमा आउँदा सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा२ख ३५८४ नं को बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९६८ नंको स्कुटर थिचिँदा बसमा सवार दुई र स्कुटरका एक जनाको घटनास्थलमा मृत्यु भएको हो । अन्य घाइते १२ जनाको भने नजिकै रहेको इवामुरा अस्पताल सल्लाघारी, मध्यपुर अस्पताल थिमिमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
झापा । झापाका तीन जना किशोरीले सामुहिक आत्महत्या गरेका छन् । उनीहरूले एउटा रुखमा झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कचनकवल गाउँपालिका वडा नं ५ पाठामारीका ती किशोरी पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा झिङ खोलाको किनारको रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका प्रहरीले जनाएको छ। आत्महत्या गर्नेमा १६ वर्षिया करिना गणेश, १७ वर्षिया अन्जली गणेश र १६ वर्षिया कल्पना गणेश आइतबार विहान ७.३० बजे झुन्डिएको अवस्थामा फेला परेका थिए । घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाले टोली पाठामारी पुगेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले किशोरीहरूले आत्महत्या गरेको…
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ । त्यसैगरी कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ । २९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले…
काठमाडौं । सशस्त्र प्रहरीमा १६ जना अधिकृतहरू वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) मबोजिम जेष्ठता क्रम कायम हुनेगरि बढुवा सिफारिस गरिएको हो। उक्त सिफारिस चित्त नबुझे सात दिनभित्र उजुरी दिन आग्रह गरेको छ।
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९९६ नमूना परीक्षण गर्दा ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ८८ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २ सय १६ जनामा १ हजार ९ सय ८ एण्टीजेन विधिबाट परीक्षण गर्दा १ सय १९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ७१ पुगेको छ । त्यसमध्ये २ हजार ८ सय ३२ जना होम आइसोलेसनमा, १ सय ३९ जना संस्थागत आइसोलेसन…