Author: admin

काठमाडौं । आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ । शुक्रबार देशभर बदली रहनेछ । मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर…

Read More

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रुप दिएर शुक्रबार बुझाउने तयारी गरेको समिति सभापति सुरेन्द्र अर्यालले बताए । उनले औपचारिक र अनौपचारिक रुपमा समितिले छानविनका बिषयमा छलफल गरेर समान धारणा बनाउने दावी गरे । छलफलका क्रममा आएका फरक मतमा समेत सहमति खोजिने उनको भनाइ छ । सचिव अर्यालले बिहीबार साढे १२ बजे पुन बैठक बस्ने जानकारी दिए ।

Read More

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको  छ। बोर्डले बुधबार एसईई नतिजा सार्वजनिक गरेको हो। परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएको बोर्डले जानकारी दिएको छ। गत वर्ष र अघिल्लो वर्ष आन्तरिक मूल्यांकन विधिबाटै नतिजा सार्वजनिक गरेको बोर्डले यस वर्ष भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरी नतिजा सार्वजनिक गरेको हो। गत वैशाख ९ देखि २० गतेसम्म एसईई परीक्षा भएको थियो। परीक्षाको नतिजा बोर्डको वेबसाइटका…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दोस्रो चरणको संघर्षका कार्यक्रम अन्तर्गत महँगीविरुद्ध थाल ठटाउँदै प्रदर्शन गरेको छ । दोस्रो चरणको पहिलो कार्यक्रमअन्तर्गत राप्रपाले बुधबार काठमाडौंको भृकुटीमण्डपका साथै सबै जिल्लाका सदरमुकाममा महँगीविरुद्ध ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गरेको हो । काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले प्रदर्शन गरेका थिए । दैनिक उपभोग्य बस्तु महँगो भएर जनजिवन नै प्रभावित भएको भन्दै जनतालाई ब्युँझाउन र शासकलाई गम्भीर बन्न आवाज सुनाउनेगरी थाल ठटाउँदै प्रदर्शन गरिएको राप्रपाले जनाएको छ । यसअघि राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । महँगी नियन्त्रण गर्न नसकेको,…

Read More

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनका पार्टीलाई चुनावबाट जसरी पनि पराजित गर्नुपर्ने बताएका छन्। चार दिनका लागि बुधबार गृह जिल्ला झापा आएका एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनका पार्टीले जनविरोधी काम गरिरहेको आरोप लगाए। उनले भने, ‘सत्ता गठबन्धनका पार्टीलाई अब चुनावबाट नै एकमुष्ठ विदा गर्नुपर्छ।’ बुधबार झापाको बिर्तामोडमा नेकपा एमालेको बर्गीय संगठन नेपाली उत्पीडित जातीय मुक्ति समाजको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ओलीले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि तयारी थाल्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए। सत्ता गठबन्धनका पार्टीहरूले लोकतान्त्रिक मूल्य/मान्यताविपरितका काम गरिरहेको ओलीले बताए। देशमा अनेकौं समस्या रहिरहेका बेला त्यो भन्दा…

Read More

झापा । तीन जना किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको घटना सेलाउन नपाउँदै झापामा अर्का एक जना पुरुष जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको चारआली जंगलमा झुन्डिएको अवस्थामा ती पुरुष मृत फेला परेका हुन् । ताप्लेजुङको पाथीभरा याङवरक–३ तिरिङ्गे स्थायी घर भएका मनकुमार पौडेल झुन्डिएको अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ । बर्नेबाट सामान ल्याउन बिर्तामोड आएका पौडेल मंगलबार दिउँसो ३ बजेपछि सम्पर्कविहीन भएका थिए । साँझ ६ बजेसम्म घर नपुगेपछि उनको खोजी सुरु गरिएको थियो । प्रहरीले उनको मोबाइल फोन ट्रयाकिङ गर्दै खोजतलास गरेपछि उनलाई बरको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको इलाका…

Read More

झापा । झापाको बुद्धशान्ति गाउँपालिका-६ मा पौडी खेल्ने क्रममा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो बुद्धशान्ति-४ का चन्द्र मावोको १२ बर्षीय छोरा इचिहाङ मावोको कुलोको पानीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक बालकको शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाएको र  घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरेको प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आज बुधबारबाट प्रतिवेदन लेख्ने भएको छ । छानबिन प्रक्रिया लगभग पूरा भएको निष्कर्ष निकाल्दै बैठकले बुधबारबाट प्रतिवेदन लेखनमा केन्द्रित हुने निर्णय गरेको हो । समितिको मंगलबार दुईपटक बसेको बैठकमा बजेट घोषणाको अघिल्लो दिन (जेठ १४ गते) को अर्थ मन्त्रालयको सीसीटीभी फुटेजमा देखिएका गतिविधिको सम्बन्धमा छलफल भएको थियो । बुधबार बिहान बसेको बैठकमा प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त सीसीटीभी फुटेजको रिकभर रिपोर्ट खोलिएको थियो । रिपोर्ट स्पष्ट नबुझिएपछि अपराह्नको बैठकमा विज्ञहरुसँग छलफल गरिएको थियो । तर, विज्ञसँग…

Read More

काठमाडौं । गृह मन्त्रालयले सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन दिएको छ । गृहसचिवस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन दिएको हो । मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ । सिंहदरबारभित्रको सीसीटीभीको निरीक्षण/अनुगमन नेपाल प्रहरीको सिंहदरबारभित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले प्रस्ट पारेको छ । अर्थ मन्त्रालयमा रहेको सीसीटीभी फुटेज १३ दिनमै मेटिएको भनिएपछि गृहमन्त्रालयले कार्यविधिअनुसार ३ महिनासम्म सुरक्षित राख्न निर्देशन दिएको हो । सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ अनुसार ’सीसीटीभीबाट खिचेका…

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा अन्तरघात हुँदा २० देखि २५ सीट गुमाउनुपरेको निष्कर्ष निकालेको छ । पार्टी स्थायी समितिले टंक राईको नेतृत्वमा बनाएको अन्तर्घात छानबिन समितिले उजुरी र स्थलगत अनुगमन गर्ने क्रममा यस्तो निष्कर्ष निकालेको हो । पार्टी एक ढिक्का भएको भए माओवादीले थप २० देखि २५ सीटमा जित्न सक्थ्यो भन्ने छानबिन समितिको निष्कर्ष छ । पार्टी स्थायी समिति बैठकले गत असार २६ गते राईको नेतृत्वमा गठित समितिमा खिमलाल देवकोटा र मुक्तिनारायण प्रधानलाई सदस्य बनाएको थियो । छानबिन समितिले तीन हप्तादेखि अन्तरघातका विषयमा छानबिन गरिरहेको छ । अब बर्दिया र महोत्तरी जिल्लाका स्थानीय तहमा स्थलगत अवलोकन गरेपछि…

Read More