Author: admin
बिराटनगर । बिराटनगरबाट ६० जना यात्रु लिएर काठमाडौंका लागि उड्न लागेको यति एयरलाइन्सको जहाजमा खराबी आएको छ। शुक्रबार बिहान ७:३० बजे काठमाडौं प्रस्थान गर्ने तयारी गर्दैगर्दा खराबी आएपछि जहाजलाई विराटनगर विमानस्थलमै राखिएको छ। बिहीबार साँझ काठमाडौंबाट आएर ‘नाइट स्टप’ गरिएको वाईटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाजको इन्डिकेटरमा खराबी देखिएको यति एयरलाइन्स विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरले जानकारी दिए। उनका अनुसार काठमाडौं जाने तयारीमा रहेका सबै यात्रु जहाजमा चढिसकेका थिए। ‘यात्रुहरु सिटमा बसिसकेपछि जहाज ‘स्टार्ट’को तयारी हुँदै थियो,’ कुँवरले भने, ‘तर खराबी देखिएपछि यात्रुलाई ओरालिएको छ।’ काठमाडौंबाट बिहीबार साँझ यात्रु लिएर आएको जहाजलाई विराटनगर विमानस्थलमै राखिएको थियो। जहाजमा…
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा चित नबुझे पुनर्योग गर्न निवेदन दिन पाउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुले आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योग गर्न निवेदन सकिने व्यवस्था मिलाएको हो । पुनर्योग चाहेमा विभिन्न प्रक्रिया पुरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा वा सोझै परीक्षा नियन्त्रण कार्यालयमा फारम भरी बुझाउनुपर्नेछ । पुनर्योग गराउने समय श्रावण २७ गते सम्ममा रहेको छ । निवेदन दस्तुर प्रति विषय पाँच सय का दरले हुने रकम राजश्व खाता नं १४२२३ मा जम्मा गर्नुपर्नेछ । निवेदनको ढाँचा परीक्षा…
काठमाडौं । चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले १७ दिन लगाएर छानबिन गरेको हो । समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार आज बिहान सभामुखसँग समय मागेर प्रतिवेदन बुझाइनेछ । बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो । समितिले शर्माविरुद्ध लागेको आरोप प्रमाणित गर्ने प्रमाण जुटाउन भने असफल बनेको छ । सो समितिलाई सुरूमा १० कार्य दिन दिइए पनि तोकिएको समयमा आवश्यक काम…
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले अन्तिम प्रतिवेदन तयार गरेको छ । सिंहदरबार बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन तयार गरेको हो । समिति सचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र केही प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिए। उनले केही विषयमा सहमति जुटेको र नमिलेका विषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिए। त्यस्तै समिति सदस्य खगराज अधिकारीले प्रतिवेदन अन्तिम टुङ्गोमा पुगेको र सवैका आफ्ना–आफ्ना बिचारहरू राखिएको भन्दै सर्वसम्मत हुन नसकेको जिकिर गरे। करका दर हेरफेरका विषयमा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा…
झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार बिहान एकाएक बिर्तामोडको कनकाई रोडमा रहेको ब्याडमिन्टन हलमा नेता खरेलसहित प्रवेश गरे। उनी ब्याडमिन्टन खेल हेर्नका लागि नभई खेल्नका लागि प्रवेश गरेका थिए। अध्यक्ष ओली बिहीबार बिहान करिब ७ बजे बिर्तामोडमा रहेको बिग ब्रदर्श ब्याडमिन्टन हलमा प्रवेश गर्दा सबै छक्क परेका थिए। यसअघि पनि खेल तथा खेलाडीलाई उच्च मनोबल दिलाउन आफूले पनि विगतमा विभिन्न खेल खेल्ने गरेको बताउँदै आएका ओलीले बिहीबार ब्याडमिन्टन खेलेरै देखाए। उनलाई नेता खरेललाई आफ्नो विपरीत कोर्टमा राखेर ब्याडमिन्टन खेले। तस्वीरहरूः
काठमाडौं । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल आइपुगेका छन् । दुई दिने भ्रमणका लािग सहायक विदेशमन्त्री लु बिहीबार अपरान्ह काठमाडौँ आइपुगेका हुन् । नेपाल भ्रमणमा रहदा सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै उनी एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुने बताइएको छ । सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण नियमित भएको नेपालस्थीत अमेरिकन दुतावासले जनाएको छ ।
काठमाडौं। बिहीबार नेप्से परिसूचक उतार चढावबीच अन्तिम समयमा १५ अङ्कले बढेर कारोबार बन्द भएको छ। बिहीबार नेप्से सूचक १५.४४ अङ्कले बढेर २१२७.४२ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७ अंकले बढेको छ भने फ्लोटइण्डेक्स १.११ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १ अङ्कले बढेको छ। बिहीबार कारोबारमा आएका २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँ बराबरको कारोबार भएको छ। बिहीबार शेयर बजारमा उतारचढावमा कारोबार हुँदा कारोबार रकम बढेको हो। बुधवारको भन्दा बिहीबार कारोबार रकम बढेको छ। बुधबार ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको…
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सरकारी निकायका भवनहरुमा नै टावर जडान गरि नेपाल टेलिमकको सेवा विस्तार र गुणस्तरमा सुधार ल्याउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले आम नागरिकको घरमा राखिएका टावरहरु समेत हटाउन दवाव बढ्दै गएको अवस्थामा सरकारका बिभिन्न नियकाहरुबाट निर्माण गरिने भवनहरुमा नै बिटिएस टावरहरु जडान गर्न मिल्ने गरि आवश्यक मापदण्ड बनाई कार्यान्वयनमा सहजिकरण गर्ने व्यवस्था मिलाउन सञ्चार मन्त्रालय र शहरी बिकास मन्त्रालयललाई निर्देशन दिएको हो । बैठकले बजेट अनुसार टावर निर्माणका कार्यहरु सञ्चालन नभएको, निर्माण भएर पनि निर्धारित गुणस्तरयुक्त नभएको बिषय लगाएतका समस्याहरुको अध्ययन गरि समस्या समाधान गर्ने गरि प्रतिवेदन पेश…
काठमाडौं । नेपालमा कोरोना संक्रमण क्रमिक रुपमा उकालो लाग्दै गएको छ । बिहीबार थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ४१ पिसिआर परिक्षणका क्रममा ५ सय २४ जना र २ हजार ४ सय ८४ एन्टीजेन परिक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ६२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप २ सय १५ संक्रमित निको हुदा अहिलेसम्म ९ लाख ६९ हजार २ सय १९ जना…
काठमाडौं । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउँदै छन्। सहायक विदेशमन्त्री लु आज साँझ काठमाडौं आइपुग्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसकेका उनी दुई दिनसम्म नेपालमा रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा सहभागी हुने स्रोतले जनाएको छ । सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाडौंमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुने बताइएको छ ।