काठमाडौं । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउँदै छन्। सहायक विदेशमन्त्री लु आज साँझ काठमाडौं आइपुग्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसकेका उनी दुई दिनसम्म नेपालमा रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा सहभागी हुने स्रोतले जनाएको छ ।
सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाडौंमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुने बताइएको छ ।
Facebook Comments Box