झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार बिहान एकाएक बिर्तामोडको कनकाई रोडमा रहेको ब्याडमिन्टन हलमा नेता खरेलसहित प्रवेश गरे।
उनी ब्याडमिन्टन खेल हेर्नका लागि नभई खेल्नका लागि प्रवेश गरेका थिए।
अध्यक्ष ओली बिहीबार बिहान करिब ७ बजे बिर्तामोडमा रहेको बिग ब्रदर्श ब्याडमिन्टन हलमा प्रवेश गर्दा सबै छक्क परेका थिए।
यसअघि पनि खेल तथा खेलाडीलाई उच्च मनोबल दिलाउन आफूले पनि विगतमा विभिन्न खेल खेल्ने गरेको बताउँदै आएका ओलीले बिहीबार ब्याडमिन्टन खेलेरै देखाए। उनलाई नेता खरेललाई आफ्नो विपरीत कोर्टमा राखेर ब्याडमिन्टन खेले।
तस्वीरहरूः





Facebook Comments Box