Author: admin
झापा । झापाको बिर्तामोड-भद्रपुर सडकखण्ड अन्तर्गत धौला पूलमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परि रोङ गाउँपालिका २ इरौंटार इलामका बिशाल लिम्बु गम्भीर घाइते भएका छन् । उनको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिनुभयो । भद्रपुरबाट बिर्तामोडतर्फ आइरहेको मे १० प ९२९९ नम्बरको मोटरसाइकल पूल छेउबाट खोलामा झरेको स्थानीयले बताएका छन् । उक्त ठाउँमा सडक भन्दा पूलको चौडाइ सानो भएका कारण दुर्घटनाको जोखिम बढेको छ । यस अघि पनि सो ठाउँमा दुर्घटना अत्याधिक हुने गरेको स्थानीयले बताएका छन् । पूल चौडा गर्नका लागि दक्षिणतर्फ बनाइएको पिल्लरको पूर्वपट्टि…
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाश भएका कारण आफूले त्यसलाई रोकेको बताएका छन् । सामुदायिक वन दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भएपनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दीगो वन व्यवस्थापनको नीति अघि सारेको बताए । उनले वनको सदुपयोग गरि मुलुकमा रोजगारीको अवसर सृजना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पारे । उनले नेपालले सामुदायिक वनमार्फत विश्वलाई सकारात्मक योगदान पुर्याएको पनि स्पष्ट पारेका छन् । अध्यक्ष ओलीले नेपाल वन र वनस्पतीहरुका लागि अनुकूल भूमि भएको उल्लेख…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनबीच समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । नेपाली चियाको गुणस्तरका बारेमा उठेका जिज्ञासाहरुका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेपछि मंगलबार बालुवाटारमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले गठबन्धनमा तालमेल हुँदा सबै दलको हैसियत अनुसार समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका हुन् । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँट गर्न आवश्यक रहेको उनको भनाइ छ । खनालले वाम एकताको लागि सबैभन्दा ठूलो दल दल नै उदाशिन रहेकोले अहिले नै बृहत बाम एकताको सम्भावना नरहेको बताए । नेपालमा उत्पादन भइरहेको चियाको मुख्य बजार भारत…
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने कार्यतालिका निर्वाचन आयोगले स्वीकृत गरेको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता असोज २३ गते हुनेछ । प्रत्यक्षतर्फका उमेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ । असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ । असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुने कार्यतालिका छ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदैछन् । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहनेछ । उनले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम तय भएको छ । मन्त्री खड्का बिहीबार स्वदेश फर्किने कार्यक्रम छ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका हुन् । उनले अहिलेसम्म जुम्लाले धेरै प्रतिनिधि काठमाडौं पठाएपनि कसैले जुम्लाको आवाज नसुनेको बताए । आफूलाई काठमाडौं , चितवन, नवलपरासी रुपन्देहीबाट चूनाव लड्न आग्रह गरे पनि आफूले जन्मथलो जुम्ला रोजेको उनले बताए । आफ्नो उम्मेद्वारी जुम्लाको आर्थिक अवस्थालाई उकास्नका लागि भएको भन्दै उनले कांग्रेस माओवादी एमाले कसैको बिरुद्ध नभएको जिकिर गरे ।
काठमाडौं । आगामी निर्वाचनमा तालमेलको खाका बनाउन सत्ता गठबन्धनले गठन गरेको कार्यदलको संयोजकमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पहिलो बैठकले कार्यदलको संयोजकमा सिटौलालाई चयन गरेको हो । कार्यदलले मूल रुपमा सिट बाँडफाँटको प्रतिवेदन तयार पार्ने र शीर्ष नेताहरुलाई बुझाउने कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । बैठकमा कार्यदल सदस्यहरुले गठबन्धनलाई अघि बढाउने बिषयमा आ-आफ्नो पार्टीभित्र भएका छलफलका बारेमा जानकारी गराएका थिए । कार्यदलको अर्को बैठक साउन २६ गते बस्ने र तालमेलको मोडालिटिका बिषयमा थप छलफल हुने कांग्रेस नेता कार्कीले बताए । यसअघि सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन…
काठमाडौं । काठमाडौं उपत्यका भित्र कार्यरत नायव सुब्बाहरुले तलब वृद्धि अवैज्ञानिक भएको भन्दै अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सरकारले चालु वर्षमा गरेको तलब वृद्धि मान्य नहुने भन्दै उनीहरुले अर्थमन्त्रालयमा धर्ना दिएका हुन् । त्यस्तै उनीहरुले नायब सुब्बा पदमा १० वर्ष काम गरेकालाई एक तह र १० वर्षभन्दा माथि काम गर्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । उनीहरूले सबै तहमा एउटै मितिबाट लागू हुनेगरी प्रत्येक ५ वर्षमा एक तह वृद्धि हुने व्यवस्था गर्न माग गरेका छन् । यसैबीच अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको माग पुरा गर्ने आश्वासन दिएका छन् । कर्मचारी संगठनका पदाधिकारीसंगको छलफलका क्रममा मन्त्री शर्माले…
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ । प्रदेश नम्बर–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१ र वाग्मती प्रदेशका केही तथा बाँकी भू–भागका थोरै स्थानहरूमा…
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो। बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । अध्यक्ष तिमिल्सिनाले नै राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने समेत सम्भावित कार्यसूची रहेको छ ।