काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदैछन् ।
मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहनेछ ।
उनले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम तय भएको छ । मन्त्री खड्का बिहीबार स्वदेश फर्किने कार्यक्रम छ।
Facebook Comments Box