काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाश भएका कारण आफूले त्यसलाई रोकेको बताएका छन् ।
सामुदायिक वन दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भएपनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दीगो वन व्यवस्थापनको नीति अघि सारेको बताए ।
उनले वनको सदुपयोग गरि मुलुकमा रोजगारीको अवसर सृजना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पारे ।
उनले नेपालले सामुदायिक वनमार्फत विश्वलाई सकारात्मक योगदान पुर्याएको पनि स्पष्ट पारेका छन् ।
अध्यक्ष ओलीले नेपाल वन र वनस्पतीहरुका लागि अनुकूल भूमि भएको उल्लेख गरे ।
Facebook Comments Box