Author: admin
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे परामर्श गर्ने क्रममा विभिन्न दलका नेताहरुलाई शीतल निवास बोलाएर छलफल गरिरहेकी छन् । सोही क्रममा भण्डारीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारीसँग सोमबार साँझ दुई घण्टा छलफल गरेकी हुन् । आइतबार दुई घण्टा भएको छलफल नागरिकता विधेयक र समसामयिक विषयमा केन्द्रित भएको राप्रपाका नेताहरूले बताएका छन् । राष्ट्रपतिलाई देश र जनताको पक्षमा केन्द्रित रहेर निर्णय लिन पार्टीले सुझाव दिएको राप्रपाका नेताहरूले बताएका छन् । राष्ट्रपतिले नागरिकता विधेयकका विषयमा सबै दलहरूसँग छलफल गर्ने तयारी गरेकी छन् । जसअनुसार सोमबार मात्रै राष्ट्रपतिले काँग्रेस नेताहरुसँग पनि छलफल गरेकी थिइन् ।
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउने बताएकी छिन् । तीजको अवसरमा आज स्वदेश तथा विदेशमा बस्ने नेपाली महिला दिदिबैनीहरुलाई शुभकामना सन्देश दिँदै उनले यस पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छिन् । आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न…
काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणासँगै प्रमुख राजनीतिक दलहरूबीच ध्रुवीकरण बढ्दै गइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता बढाएकी छन् । संघीय संसद्का दुवै सदनबाट पारित भएसँगै विभिन्न पक्षसँगको भेटघाट र परामर्शलाई तीव्र बनाएकी राष्ट्रपति भण्डारीले पछिल्ला दिनमा राजनीतिक दलका नेताहरूसँग छलफल थालेकी हुन् । सोमबार सत्तारूढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरूसँग राजनीतिक परामर्श गरेकी उनले केही दिनयता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दल र विभिन्न पक्षसँग छलफल गरिसकेकी छन् । सरकारप्रति निकै असन्तुष्ट देखिएकी राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारकै कारण मुलुकको आर्थिक अवस्था निकै कमजोर बन्न पुगेको गुनासो गरेकी छन् । तत्कालीन…
झापा । हरितालिका तीज आज मनाइँदैछ । हिन्दू नेपाली महिलाले महादेवको पूजाआराधना गरि तीज मनाउने परम्परा छ । आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । अघिल्लो दिन राति दर खाएर आज तीजको दिन व्रत बसेर शिव–पार्वतीको पूजा गर्ने चलन छ । आज नाचगान गर्ने पनि चलन छ । आज काठमाडौंको पशुपतिनाथ, खोटाङको हलेसी महादेवलगायत देशभरका शिव मन्दिरहरूमा व्रतालुहरूको भीड लाग्ने गर्दछ । दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले शान्तिप्रक्रिया टुङ्गो लगाउन एमाले बाधक बन्न खोजेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित माओवादी पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले शान्ति प्रक्रिया टुङ्गीन नदिन भाँजो हाल्ने काम गर्न खोजिएको आरोप लगाएका हुन् । उनले संक्रमणकाली न्यायका सन्दर्भमा माओवादीलाई अपराधी देखाउन खोज्ने काम भएको र माओवादीलाई ठेगान लगाउन बिधेयक ल्याउनुपर्ने तर्क गर्न खोजिएको जिकिर गरे । प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव आफैँले गरेको तर एमाले अध्यक्ष केपी शर्मा ओलीले नमान्दा त्यो प्रावधानसहितको विधेयक पेस हुन नसकेको धारणा राखे । उनले बुधबारसम्म गठबन्धनबीच सिट वाँडफाँटमा सहमति हुने, २०…
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सवैको सहमतिमा नै नागरिकतासम्बन्धी बिधेयक ल्याइएको दावी गरेका छन् । सोमबार बसेको बिधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलका क्रममा गृहमन्त्री खाँणले सरकारले सहमतिमै र प्रक्रिया पूरा गरेर राज्य व्यवस्था समितिको फरक मतसहितको विधेयक फिर्ता गरेको र नयाँ बिधेयक पनि सहमतिमा नै ल्याएको दावी गरेका हुन् । अहिले पनि लाखौं नागरिकहरु नागरिकताबिहिन भएर बस्नु परेको भन्दै उनले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने उद्देश्यले सरकारले विधेयक ल्याएको बताए। उनले नयाँ कानून अनुसार नागरिकता पाउनेहरु मतदाता सूचीमा नरहेका कारण नागरिकता विधेयक निर्वाचन प्रेरित नरहेको स्पष्ट पारे । गृहमन्त्री खाँणले बिधेयकका बिषयमा राष्ट्रपतिले उठाएका सवाल…
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारसँग भएका पूर्वसहमति सम्बोधन गर्न १४ दिने अल्मिेटम दिएका छन् । यसअघि उनले १२ भदौदेखि २०औँ सत्याग्रह सुरु गर्ने बताए पनि सरकारी पक्षले केही समय मागेकाले दुई साता समय दिएको बताए । सरकारी पक्षले माग पूरा नगरे २७ भदौदेखि सत्याग्रह सुरु गर्ने उनले बताए । उनले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दीअनुसार क्षमताभन्दा बढी शड्ढयामा चलिरहेका देशका सबै सरकारी अस्पतालमा हालको शड्ढया संख्याअनुसार दरबन्दी तत्काल बढाइनुपर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी हुनुपर्नेलगायत ६ बुँदे माग अघि सारेका छन् । मेडिकल शिक्षा सुधारमा केही प्रगति भए पनि देशको स्वास्थ्य क्षेत्रको अवस्था दिनानुदिन खस्कँदै गएकोमा डा.…
काठमाडाैं । नेपाली हिन्दु नारीहरुकाे महान चाड हरितालिका तीज आजदेखि सुरू हुँदैछ । तीजकाे अघिल्लाे दिन नेपाली नारीहरू आज दर खाँदैछन् । दरखाने दिनसँगै औपचारिक रुपमा सुरु हुने तीज ऋषिपञ्चमीसम्म चार दिन मनाइन्छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्छ । भाद्र शुक्ल द्वितीया अर्थात तीजमा निराहार व्रत बस्ने भएकाले त्यस दिनका लागि शक्ति प्राप्त गर्न अघिल्लो दिन पौष्टिक तत्व युक्त दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा-मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने गरिन्छ । दरका रूपमा विशेषगरी खीर, ढकनी, विभिन्न परिकारका मिठाई, दूध घिउबाट बनेका परिकार खाने प्रचलन छ । तर पछिल्लाे समय माछा-मासुका परिकारलाई पनि दर स्वरूप खाने-खुवाउने परम्परा बसेकाे छ । परापूर्वकालमा…
काठमाडाैँ । आज सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा भारी बर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ। हाल देशैभरि आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित…
काठमाडौं । झापाको गौरादहमा एउटा फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादहको पायल फर्निचर उद्योगमा आगलागी भएको हो । झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार आइतबार बिहान साढे ३ बजे गौरादह नगरपालिका-१ का मुनिलाल शर्माको फर्निचरमा आगलागी भएको हो । विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचर परिसरभित्रै बाँस र टिनको छानो भएको टहरा पूर्ण रुपमा जलेर नष्ट भएको छ । टहराभित्र रहेका मेसिन, काठ र फर्निचर जलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।