काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सवैको सहमतिमा नै नागरिकतासम्बन्धी बिधेयक ल्याइएको दावी गरेका छन् ।
सोमबार बसेको बिधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलका क्रममा गृहमन्त्री खाँणले सरकारले सहमतिमै र प्रक्रिया पूरा गरेर राज्य व्यवस्था समितिको फरक मतसहितको विधेयक फिर्ता गरेको र नयाँ बिधेयक पनि सहमतिमा नै ल्याएको दावी गरेका हुन् ।
अहिले पनि लाखौं नागरिकहरु नागरिकताबिहिन भएर बस्नु परेको भन्दै उनले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने उद्देश्यले सरकारले विधेयक ल्याएको बताए।
उनले नयाँ कानून अनुसार नागरिकता पाउनेहरु मतदाता सूचीमा नरहेका कारण नागरिकता विधेयक निर्वाचन प्रेरित नरहेको स्पष्ट पारे ।
गृहमन्त्री खाँणले बिधेयकका बिषयमा राष्ट्रपतिले उठाएका सवाल महत्वपूर्ण रहेकाले कतिपय बिषय सम्बोधन गरेर नै अघि बढ्नुपर्ने धारणा राखे ।