Author: admin

काठमाण्डौँ। प्रतिनिधि सभामा नागरिकता विधेयक पारित गर्न मत विभाजन प्रक्रिया सुरु भएको छ। नेकपा एमालेका सांसदले नागरिकता विधेयमा मत विभाजन मागेपछि अहिले प्रक्रिया सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित फिर्ता गरेको नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्ने तयारी गरिएपछि एमालेले मत विभाजन मागेको हो ।

Read More

काठमाडौं । १५ जना प्रतिनिधि सभाका सदस्य लगाता १० वटा बैठकमा अनुपस्थित भएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुको लगातार १० वटा बैठकमा अनुपस्थित भएको जानकारी गराउदैँ स्वीकृतिका लागि पेश गरेका हुन् । लगातार १० वटा बैठकमा सहभागि नहुने प्रतिनिधि सभाका सदस्यमाा भिमसेनदास प्रधान छोरीको उपचारमा नेपाल बाहिर, प्रदिप गिरी आफै बिरामी भएर उपचारमा, कुमारी तुल्सी थापा अमेरिका भ्रमणमा, गंगा चौधरी स्वास्थ्य उपचारका लागि भारतमा रहेको सभामुख सापकोटाले जानकारी गराए । यस्तै धर्मशिला चापागाई घरायसी काममा व्यस्त, रघुबिर महासेठ श्रीमतीको उपचारका लागि अमेरिका गएको, जुलीकुमारी महतो उपचारका लागि अमेरिकामा रहेको, शान्ता चौधरी कार्यक्रममा सहभागी हुन अमेरिका…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्न ४ बजे बस्ने भएको छ। आज बिहान बस्ने भनिएको बैठक ४ बजेसम्मका लागि स्थगित भएको हो। बिहान ९ बजेको लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै ४ बजेसम्मको लागि सारिएको हो ।  सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि आजै बिहान बस्ने भएकोले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समय अभाव र स्थायी कमिटीका बाँकी सदस्य चयनमा थप गृहकार्य गर्नुपर्ने भएकोले बैठक दिउँसोको लागि सारिएको बताइएको छ। 

Read More

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहीबार बस्दैछ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल हुनेछ । सिट बाँडफाँटको प्रस्ताव ल्याउन शीर्ष नेताहरुले कार्यदल गठन गरे पनि कार्यदलले खाका तयार पार्न सकेको छैन । सिट बाँडफाँटको खाका तयार पार्न नसकेपछि कार्यदलको बुधबारको बैठकमा शीर्ष नेताहरुसँग छलफल गर्ने सहमति भएको थियो । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई जानकारी गराउनु हुनेछ । गत साउन २० गते बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११…

Read More

काठमाडौँ । देशभर आज सबैजसो प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार दिउँसो लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमामा वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, मधेस र सुदूरपश्चिमका थोरै तथा अन्य प्रदेशका एक/दुई स्थानमा वर्षाको आकलन गरिएको छ । शुक्रवार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनीका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Read More

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदैछन् । झापाका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरूमा सहभागी हुन ओली झापा आउन लागेका हुन् । झापाको क्षेत्र नं ३ मा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्योगी व्यवसायीको भेलालाई पनि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भदौ ४ गते बिर्तामोडमा अखिल नेपाल महिला संघको जिल्ला अधिवेशन र इन्जिनियरिङ एसोसियसनको सम्मेलनमा अध्यक्ष ओली सहभागी हुनेछन् । ओली तीन दिनका लागि झापा आउन लागेका हुन् ।

Read More

झापा । दिवंगत साहित्यकार तथा पत्रकार डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन जना पत्रकारलाई बुधबार प्रदान गरिएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार झापाका पत्रकारहरू जीएन शर्मा, राजु पाठक र लीलाराज झापालीलाई प्रदान गरिएको हो । बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा झापा क्षेत्र १ का प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले उक्त पुरस्कार प्रदान गरे । प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा सेन्टरका जिल्ला अध्यक्ष झुलन रेग्मी र पत्रकार महासंघ झापाका सचिव तथा प्रेस सेन्टर प्रदेश कमिटी सदस्य डिकेश लामा रहेको समितिले तीन जना पत्रकारलाई पुरस्कृत गर्ने…

Read More

झापा । कन्काई सिँचाई आयोजनाको नहरमा डुबेर बुधबार एक युवकको मृत्यु भएको छ । शिवसत्ताक्षी नगरपालिका वडा नं १० दोमुखामा रहेको आयोजनाको नहरको पानीमा डुबेर सोही ठाउँका अन्दाजी २४ बर्षिय शिव जोगीको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो करिब साढे ११ बजे साथीसंग पौडी खेल्न नहरमा पसेका उनको शव करिब डेढ किलोमिटर दक्षिणमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । करिब साता अघि सोही आयोजनाको नहरमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको थियो ।

Read More

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता बिधेयकलाई जस्ताको त्यस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले राष्ट्रपतिले नागरिकता बिधेयक संसदले एकपटक बिचार गरोस भनेर फिर्ता पठाएको भन्दै गठबन्धनले पाखुराको भाषा बोलेर जस्ताको त्यस्तै फिर्ता पठाउने निर्णय गरको र घमण्डीपन देखाएको बताए । यस्तो भाषा बोल्ने गठबन्धनको सरकार हुनु दुर्भाग्य भएको उनले बताए । उनले संसदीय मूल्य मान्यतालाई नमान्नेलाई जनताले सरकारमा राख्न नहुने धारणा राखे । ओलीले गठबन्धनका सबै दलका नेताहरुको उद्देश्य जहान–परिवारको वरिपरि मात्रै घुमेको र गठबन्धनको कुनै लक्ष्य र औचित्य नै नभएको आरोप लगाए । अहिले आफूलाई…

Read More

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छानविन गर्न गठन भएको महाभियोग सिफारिस समितिले आफ्नो काम सुरु गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले छानविनका लागि कार्यबिधि र कार्यतालिका बनाउने निर्णय गरेको हो । अर्को बैठकमा समितिको कार्यबिधि र कार्यतालिका प्रस्तुत गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ । बैठकमा समिति सदस्यहरुले महाभियोग प्रक्रिया छिटो भन्दा छिटो टुंग्याउनुपर्ने धारणा राखेका थिए । एमालेका सांसद कृष्णभक्त पोखरेलले १ महिनाभित्रमा नै टुंगोमा पुग्ने गरि काम गर्नुपर्ने बताए । उनले महाभियोगका बिषयमा एमाले तटस्थ रहेको दावी गरे । त्यस्तै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले महाअभियोग प्रस्ताव र अरु दस्तावेजमाथि अध्ययन गरेर छलफललाई…

Read More