काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्न ४ बजे बस्ने भएको छ।
आज बिहान बस्ने भनिएको बैठक ४ बजेसम्मका लागि स्थगित भएको हो।
बिहान ९ बजेको लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै ४ बजेसम्मको लागि सारिएको हो ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि आजै बिहान बस्ने भएकोले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समय अभाव र स्थायी कमिटीका बाँकी सदस्य चयनमा थप गृहकार्य गर्नुपर्ने भएकोले बैठक दिउँसोको लागि सारिएको बताइएको छ।
Facebook Comments Box