Author: admin
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दसैँको शुभकामना दिँदै वर्तमान शासन व्यवस्थामाथि प्रश्न उठाएका छन् । न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था आएको शाहको भनाइ छ । आज एक भिडियो सन्देश मार्फत दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको दाबी गरे । शाहले मुलुक देशी विदेशीको क्रिडास्थल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। शाहले भनेका छन्, ‘पूर्खाहरूले आर्जेको यो स्वाधीन राज्यलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल बन्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा…
काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् । आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ । एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज बिहीबार चियापान कार्यक्रम गर्दैछ । दसैंका अवसरमा गर्न लागिएको चियापान कार्यक्रमलाई पनि सो समूहले संघर्षकै रूप भनेको छ । चियापानका लागि नेता शेखर कोइरालासहित उनी पक्षबाट कांग्रेसको १४ औं महाधिवेशनमा जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ । कोइराला र महामन्त्री गगन थापा पक्षका नेताहरूले समानुपातिक उम्मेदवार सूची सच्याउन सभापति शेरबहादुर देउवालाई दबाब दिन पार्टी केन्द्रीय कार्यालयमा बुधबार धर्ना पनि दिएका थिए । तर यो धर्नामा कोइराला र थापा भने उपस्थित भएनन् । जगदीश्वरनरसिंह केसी, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाहीलगायतले समान अवसर र न्यायका लागि भन्दै आन्दोलन गरिरहेका छन् । पार्टीले असोज ३…
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौंको क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्ने भएका छन् । उनले भोलि उम्मेदवारी घोषणा कार्यक्रम गर्ने सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । उनले नेकपा एमालेसँगको तालमेलका बारेमा अहिले छलफलकै क्रममा रहेकाले कुनै निर्णय भने नभएको बताएका छन् । नेकपा एमालेले भने सत्ता गठबन्धनको अवस्था हेरेर मात्रै अन्य साना दल तथा समूहसँग तालमेलको मोडालिटी तय गर्ने जनाएको छ ।
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेत्री चन्दा चौधरीले बुधवार नेपाली कांग्रेस प्रवेश गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले लोसपा परित्याग गर्दै कांग्रेस प्रवेश गरेकी हुन् । उनलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए । चौधरीले सर्लाही–४ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पाँच दलीय गठबन्धनबाट टिकट दिने आश्वासनपछि कांग्रेस प्रवेश गरेको बताइएको छ । यसअघि उक्त क्षेत्रबाट कांग्रेसका अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थिए । चौधरी २०६४ सालमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिक सांसद बनेकी थिइन् । २०७४ सालको निर्वाचनमा पनि उनी महोत्तरीबाट साविकको राजपाबाट समानुपातिक सांसद बनेकी थिइन् । केपी ओली सरकारमा उनी पनि १८…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर ध्रुविकरण पक्षधरबीच औपचारिक एकता भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरे । आज आयोजित विशेष समारोहमा दुवै नेताले घोषणापत्रमा हस्ताक्षर गरेका थिए । उनीहरूले एक–अर्कालाई घोषणापत्र हस्तान्तरण गर्दै माला समेत लगाइदिएका छन् । घोषणापत्रमा नरम संवर्द्धनवादी धारलाई बलियो बनाउनका लागि यो एकता गरिएको उल्लेख छ । राजसंस्था पुनर्स्थापना तथा संघीयता र धर्मनिरपेक्षताको खारेजीको एजेन्डालाई पार्टीले अगाडि बढाउने घोषणापत्रमा बताइएको छ । घोषणत्रपमा ४ बुँदा छन् ।
काठमाडौं । सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए। न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।
काठमाडौं। नेपाली कांग्रेसभित्र प्रतिनिधि सभा, प्रदेश सभा समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नाममा असन्तुष्टि आएपछि उम्मेदवार सूची हेरफेर गर्न लागिएको छ। संस्थापनइतर (शेखर कोइराला-गगन थापा) निकट केही नेताहरूले समानुपातिक उम्मेदवार सूची तयार पार्दा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै असन्तुष्टिका आवाज आएका थिए। जगदीश्वरनरसिंह केसी, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी लगायतले भेला गर्दै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए।
काठमाडौं । साझा विवेकशील पार्टी परित्याग गरेका रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दैछन्। राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा गर्न आज कार्यक्रम तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। दिउँसो १ बजे राष्ट्रियसभामा वृहत् ध्रुवीकरण हुने जनाइएको छ। मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ।
सल्यान । सल्यानमा भएको जिप दुर्घटनामा परी ८ जनाको मुत्यु भएको छ । रा १ ज ५६३ नम्वर जीप विहान ३ः३० वजे कपुरकोट गाउँपालिका-६ रिम जलवाङगमा भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए । दुर्घटनामा परि मुत्युहुनेमा अधिकांश कपुरकोट ६ का व्यक्तिहरु रहेका छन् । एकजना घाइतेको उद्धार गरि उपचारका लागि पठाइएको छ । घटना स्थलमा प्रहरी सहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानियहरु उद्धारमा खटिएका छन् । बाँकेको ढकेरीबाट बिहेबाट फर्कदै गरेका व्यक्तिहरु दुर्घटनामा परेका हुन् ।