काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेत्री चन्दा चौधरीले बुधवार नेपाली कांग्रेस प्रवेश गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले लोसपा परित्याग गर्दै कांग्रेस प्रवेश गरेकी हुन् । उनलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए ।
चौधरीले सर्लाही–४ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पाँच दलीय गठबन्धनबाट टिकट दिने आश्वासनपछि कांग्रेस प्रवेश गरेको बताइएको छ । यसअघि उक्त क्षेत्रबाट कांग्रेसका अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थिए ।
चौधरी २०६४ सालमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिक सांसद बनेकी थिइन् ।
२०७४ सालको निर्वाचनमा पनि उनी महोत्तरीबाट साविकको राजपाबाट समानुपातिक सांसद बनेकी थिइन् । केपी ओली सरकारमा उनी पनि १८ दिनको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी थिइन् ।