काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौंको क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्ने भएका छन् ।
उनले भोलि उम्मेदवारी घोषणा कार्यक्रम गर्ने सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।
उनले नेकपा एमालेसँगको तालमेलका बारेमा अहिले छलफलकै क्रममा रहेकाले कुनै निर्णय भने नभएको बताएका छन् ।
नेकपा एमालेले भने सत्ता गठबन्धनको अवस्था हेरेर मात्रै अन्य साना दल तथा समूहसँग तालमेलको मोडालिटी तय गर्ने जनाएको छ ।
Facebook Comments Box