Author: admin

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन्। आज झापा क्षेत्र नम्बर ३ स्थित निर्वाचन अधिकृत कार्यालय पुगेर लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन्। अध्यक्ष लिङ्देनले आज बिहान ११:३० बजे उम्मेदवारी दर्ता गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। यो क्षेत्रमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला उम्मेदवार हुनेछन्।

Read More

झापा । झापा क्षेत्र नं २ का लागि प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार धर्मशीला चापागाईंले मनोनयन दर्ता नगर्ने भएकी छिन् । उनको सट्टामा आजै नेकपा एमाले परित्याग गरेर माओवादी केन्द्रको चुनाव चिन्हबाट अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरि रानाले मनोनयन दर्ता गर्ने भएका छन् । माओवादी केन्द्रका एक जना नेताले दिएको जानकारी अनुसार चापागाईं र रानाबीच त्यस्तो सहमति भएको हो । रानाले अहिले बिहान उनकै निवासमा पत्रकार सम्मेलन आयोजना गरेर एमाले परित्याग गरेर माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्ने घोषणा गर्दैछन् ।

Read More

झापा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार उम्मेदवारी दर्ता गर्न २५ जनाभन्दा बढीको सहभागिता हुन नपाइने, बाजागाजा, झाँकी लैजान गरिएको निषेध गरिएको छ । राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी मनोनयनका लागि समय लिइसकेका छन् । झापामा पनि ५ वटा संघीय निर्वाचन क्षेत्र तथा १० वटा प्रदेश निर्वाचन क्षेत्रका लागि आज मनोनयन दर्ता हुँदैछ ।

Read More

काठमाडौँ । एमाले नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफूले एमाले परित्याग गरेको जानकारी गराएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमानदार रहन नसकिने भएपछि पार्टीमा नरहने निष्कर्षमा पुगेको उनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘ नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत…

Read More

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणाा गरेका हुन् । २०६४, २०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित भएका उनी २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद चुनिएका थिए ।

Read More

काठमाडौँ । सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ सिटको बाँडफाँट भएसँगै दलहरु उम्मेदवार चयनमा लागेका छन् । सत्ता गठबन्धनले १३ सिट प्रतिनिधिसभाका खाली राख्दै बाँकीमा सहमति जुटाएको छ । जसमा कांग्रेसले ८४ क्षेत्रमा उम्मेदवारी दिने भएको छ भने माओवादीले ४७ क्षेत्रमा उम्मेदवारी दिने भएका छन् । नेकपा एकीकृत समाजवादीले १९ सिटमा उम्मेदवारी दिने भएको छ । राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उम्मेदवारी दिने भएको छ । एकीकृत समाजवादीले भने १९ उम्मेदवारको टुंगो पनि लगाएको छ । यी हुन् एकीकृत समाजवादीका चुनाव लड्ने उम्मेदवारः १, इलाम क्षेत्र न. १ – झलनाथ खनाल २, उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा ३, रौतहट क्षेत्र न.…

Read More

झापा । झापाका छुट्टाछुट्टै स्थानमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कन्काई नगरपालिका–९ मा राति पौने १० बजे मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । प्रदेश-१-०२-०४०-प ७६४० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको नालामा पल्टिँदा मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका ९ फत्तेपुरका ४० वर्षीय केशब गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । गम्भीर घाइते भएका गौतमको उपचारका क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । यस्तै, घाइते भएका मोटरसाइकलमा पछाडी सवार केशबका छोरा १३ वर्षीय शंकेत गौतमको सोही…

Read More

बिर्तामोड । चट्याङ लागेर झापाको बिर्तामोडमा एक बालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ चैतुबारीमा एकजना बालिकाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका अनुसार बिर्तामोड नगरपालिका वडा नं. २ का रुपलाल हस्दाको छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो । उनलाई साइकलमा गुडिरहेको अवस्थामा साँझ चट्याङ लागेको स्थानीयबासीले जनाएका छन् ।

Read More

काठमाडौं । नेकपा एमालेकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने भएकी छिन् । एमालेबाट दाङ–१ को उम्मेदवार बन्न खोजेकी चौधरीले फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको घोषणा गरेकी हुन् । ‘आज मैले ठीक निणर्य गरेँ या बेठीक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैँ लागिरहने छु । जनता भगवान् हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरूको साथ चाहिएको छ,’ चौधरीले भनेकी छन् । उनी एमालेबाट ०७४ को प्रतिनिसभामा समानुपातिकतर्फ सांसद बनेकी थिइन् ।

Read More

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले यो वर्ष विजया दशमीको अवसरमा गर्दै आउको चियापान कार्यक्रम नगर्ने भएको छ।  ३६ वर्षदेखि निरन्तर कोजागत पूर्णिमाको दिन गर्दै आएको चियापान यो वर्ष नगरिने भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  चियापान कार्यक्रम बीपी कोइरालाले सुरुवात गरेका थिए। जाग्रत पूर्णिमाकै दिन उम्मेदवारी मनोनयन परेकाले शुभकामना आदानप्रदान तथा चियापान नगर्ने कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Read More