काठमाडौँ । एमाले नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफूले एमाले परित्याग गरेको जानकारी गराएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमानदार रहन नसकिने भएपछि पार्टीमा नरहने निष्कर्षमा पुगेको उनले उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘ नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’
Facebook Comments Box