झापा । झापा क्षेत्र नं २ का लागि प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार धर्मशीला चापागाईंले मनोनयन दर्ता नगर्ने भएकी छिन् ।
उनको सट्टामा आजै नेकपा एमाले परित्याग गरेर माओवादी केन्द्रको चुनाव चिन्हबाट अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरि रानाले मनोनयन दर्ता गर्ने भएका छन् ।
माओवादी केन्द्रका एक जना नेताले दिएको जानकारी अनुसार चापागाईं र रानाबीच त्यस्तो सहमति भएको हो ।
रानाले अहिले बिहान उनकै निवासमा पत्रकार सम्मेलन आयोजना गरेर एमाले परित्याग गरेर माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्ने घोषणा गर्दैछन् ।
Facebook Comments Box