Author: admin

झापा । झापामा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । विर्तामोड नगरपालिका–२ बेलडाँगीमा मे ५ प १६०४ र मे ३ प ५५८० नम्बरका मोटरसाइकल ठोक्किँदा चालकहरु बाह्रदशी गाउँपालिका–२ का २५ वर्षका अनिस साउदेन र बाह्रदशी गाउँपालिका–६ का ४३ वर्षका भोलाराज भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भुजेलको श्रीमती ४२ वर्षकी चन्द्रकला, छोरी ९ वर्षकी प्रशना घाइते भएका छन् । घाइते चन्द्रकला र प्रशनाको उपचारका लागि बी एन्ड सी पठाएकोमा थप उपचारको लागी विर्तासिटी अस्पताल लगिएको छ ।

Read More

काठमाडौं। नेपाली कांग्रेसले बागी उम्मेदवारलाई कात्तिक ४ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ । कांग्रेसले सोमबार एक विज्ञप्ति जारी गर्दै बिद्रोही उम्मेदवारलाई शुक्रबारसम्म उम्मेदवारी निष्क्रिय गर्ने समय दिएको हो। शुक्रबारसम्म उम्मेदवारी निष्क्रिय गराए पार्टीले कारवाही नगर्ने कांग्रेसले जनाएको हो । कांग्रेसले यसअघि असोज ३१ सम्म बागी उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।

Read More

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानर तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको छ । सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन् । उनले उम्मेदवारहरुले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरे । उनले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरुलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरे ।

Read More

काठमाडौँ । सरकारले संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्न मंगलबार देशभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु र विदेशस्थित कूटनीतिक नियोगहरुमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले जोशीको निधनमा शोक व्यक्त गर्न देशभरि सार्वजनिक बिदा दिने निर्णय सोमबार गरेको हो। गृह मन्त्रालयले जोशीको निधनमा देशभरिका सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु र विदेशस्थित कूटनीतिक नियोगमा झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ। जोशीको १०३ वर्ष उमेरमा सोमबार निधन भएको हो।

Read More

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सबै प्रहरी इकाईले आफ्नै भवनबाट सेवा दिन नपाइरहेको भन्दै आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । सोमबार ६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।  महानिरीक्षक सिंहले केही प्रहरी कार्यालय, ब्यारेकहरू अझैपनि अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएको भन्दै आम नागरिकबाट प्रहरी कार्यालयका लागि प्रदान गरिएको जग्गा उपलब्ध गराइ प्रहरी कार्यालयलाई आफ्नै भवनमा राख्न आग्रह गरे । उनले नेपाल प्रहरीले ३२ सय बढी प्रहरी इकाईहरूमार्फत सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था रहेको बताए । 

Read More

काठमाडौँ । सर्वोच्च अदालतले भ्रष्टाचार ठहर भएका गोविन्दराज जोशीदेखि प्रभु साहसम्मका नौ जनाको उम्मेदवारीविरुद्ध परेको रिट खारेज गरेको छ । उनीहरूको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिटमा अदालतले कारण देखाऊ आदेशसमेत जारी नगरी रिट खारेज गरिदिएको हो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेशसमेत जारी नगर्दै रिट खारेज गरेको हो । अधिवक्ता अनिल आचार्यले भ्रष्टाचारमा दोषी ठहर भएका र ज्यान मुद्दामा दोषी ठहर भएका र अन्य विवादित व्यक्तिले आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिन उम्मेदवारी दर्ता गराएकाले खारेज हुनुपर्ने जिकिर गर्दै रिट दायर गरेका थिए । तर, सर्वोच्चले रिट निवेदकले दायर गरेको रिट…

Read More

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेस सरकार बनाउने लोभमा जोखिम उठाएरै भए पनि नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको पाइएको छ। मधेस प्रदेशका प्रदेशसभाका ६४ निर्वाचन क्षेत्रमध्ये जसपाले ३६ सिटमा उम्मेदवारी दिएको छ। त्यसमध्ये ३० सिटमा जसपाले एमालेसँग तालमेल गरेको छ भने बाँकी ६ सिटमा जसपाले एक्लै उम्मेदवारी दिएको छ। मधेसमा एक्लै सरकार निर्माण गर्न कम्तीमा ३३ सिटमा विजयी हुनुपर्छ। कारणवश, मधेसमा एक्लै सरकार गठन गर्न संख्या नपुगे पनि प्रदेशसभामा सबैभन्दा ठूलो दल बनाई मुख्यमन्त्री आफ्नो भागमा सुरक्षित राख्ने रणनीति जसपा अध्यक्ष यादवले बनाएका छन्। जसपा प्रवक्ता मनीष सुमनका अनुसार जसपाले एमालेसँग नभई सत्तारुढ…

Read More

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो जानकारी गराएका हुन् । तर उनले बिदा दिइने दिनबारे भने खुलाएनन् । जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगरको प्रांगणमै राखिएको छ ।  आज अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर त्यहाँ राखिनेछ । त्यसपछि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजको जिम्मा लगाइने बताइएको छ ।

Read More

काठमाडौं । आइतबार बिहान निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने भएको छ । उनको पूरै शरीर दान गरिएकाले अन्तिम संस्कार नहुने बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले बताए ।  अन्तिम संस्कार नभए पनि उनको शवलाई अन्तिम श्रद्धाञ्जली भने सर्वसाधारणले दिन पाउने छन् । तर श्रद्धाञ्जलीका लागि कुन स्थानमा पार्थिव शरीर राखिने र कतिबेला दिने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको रोदनको भनाइ छ ।

Read More

काठमाडाैँ । सँस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीकाे निधन भएकाे छ । स्वास्थ्य अवस्थामा समस्या देखिएपछि बिहीबार पुनःआईसीयूमा सारिएका शताब्दी पुरूष सत्यमोहन जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । उनको १०३ बर्षको उमेरमा निधन भएको हो । स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । हिजाे फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो । डेङ्गी संक्रमण भएपछि उनलाई किष्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए ।

Read More