Author: admin

आज ५ नोभेम्वर । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः चाङ १ चन्द्रमाको कक्षमा प्रवेश चीनले चन्द्रमाको अध्ययन गर्न पठाएको यान चाङ १ सन् २००७ मा पहिलो पटक चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । सो यानले २६ नोभेम्बरमा पहिलो पटक पृथ्वीमा तस्विर पठाएको थियो । अमेरिकी सिरियल किलरको स्वीकारोक्ती सन् २००३ मा अमेरिकाका कुख्यात सिरियल किलर ग्रे रिडग्वेले सन् १९८० र १९९० को दशकमा भएका शृंखलाबद्ध आक्रमणमा आफ्नो संलग्नता रहेको स्वीकार गरेका थिए । उनले कम्तिमा ४९ महिलाको हत्या गरेका थिए । क्यानडाका प्रधामन्त्रीको हत्या प्रयास सन् १९९५ मा क्यानडाका तत्कालिन प्रधानमन्त्री जिन क्रिटिनको हत्या प्रयास भएको…

Read More

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतमा आज सन्दीपको तर्फबाट अधिवक्ता शम्भु थापालगायतले बहस गर्दैछन् । सरकारी वकीलको तर्फबाट पनि बहस हुने छ । सन्दीपका तर्फबाट बिहीवार ८ जना अधिवक्ताले बहस गरेका थिए । बिहीबार बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।

Read More

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदैछ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातालाई मतदान गर्ने सही तरिका सिकाइनेछ । निर्वाचन आयोगका अनुसार देशका ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिनेछ । यसका लागि आयोगले प्रत्येक वडामा रहेका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदै छ । केही वडामा एक स्वास्थ्य स्वयंसेविकाले अपुग भए थप एक परिचालन गर्ने तयारी छ । मतदाता शिक्षाका लागि हुने घरदैलोमा मतदान गर्ने तरिकासहित निर्वाचनका लागि जानकारीमूलक सामग्रीहरु वितरण गरिने जनाइएको छ । मतदाता…

Read More

नेकपा (एमाले)को चुनावी आमसभा आजदेखि सुरु हुँदैछ । सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने चुनावी सभालाई सम्बोधन गर्न हिजो साँझनै धनगढी पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली आज धनगढीबाट हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्नेछन्। ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरामा व्यस्त भएका छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार गृहजिल्ला डडेलधुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा चुनावी सभामै व्यस्त बनेका छन् । प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नेछन् । देउवाले कात्तिक २० गते बिहान ११…

Read More

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। पछिल्लो केही दिनयता खानको पार्टी तहरिक–ए–इन्साफ (पीटीआई)ले देशका विभिन्न स्थानमा सरकारविरुद्ध आक्रामक रुपमा विरोध र्‍याली (लङ्ग मार्च) गरिरहेको छ। र्‍यालीकै क्रममा बिहीबार पूर्वप्रधानमन्त्री खानमाथि गोली चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटना भएको स्थान पाकिस्तानको पञ्जाबको वजिरावाद क्षेत्रमा पर्छ। घटनामा खानसहित ५ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खान सवार रहेको कन्टेनर नजिकैबाट गोली प्रहार भएको थियो। गोली चलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। प्रधानमन्त्रीबाट हटेपछि खानले निरन्तर रुपमा सरकार र सेनाको विरोध गरिरहेका छन्।

Read More

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ को निर्वाचनलक्षित पहिलो चुनावी सभालाई गृहजिल्ला डडेल्धुरामा सम्बोधन गर्दैछन्। बिहीबार धनगढीबाट डडेल्धुरा पुगेका उनले सदरमुकाम अमरगढी बजारमा आयोजित सभालाई सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्रीसमेत रहेका देउवाको चुनावी भाषण सुन्न नेपाली कांग्रेससहित अन्य दलका कार्यकर्ता र सर्वसाधारण पनि सभास्थलमा जम्मा भएका छन्। देउवाले सभाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै डडेल्धुरावासीलाई धन्यवाद दिएका छन्। उनले मतदाता फकाउँदै न्यानो स्वागत र मायाका लागि आभार व्यक्त गरेका छन्। देउवालाई स्वागतका लागि सयौँ कांग्रेस कार्यकर्ता सभास्थलमा जम्मा भएका थिए। उनीसँग भिड्न पुगेका सागर ढकाल पनि स्वागतका लागि लामवद्ध देखिन्थे।

Read More

राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न निर्वाचनलाई लक्षति गरेर तयार पारेको घोषणा पत्रमार्फत विभिन्न संकल्प गरेको छ। राप्रपाले पूर्ण समानुपातिक सांसद, सांसद भइहाले पनि मन्त्री बन्न नपाउने जस्ता योजना अघि सारेको छ। हेरौं राप्रपाका १२ संकल्पः

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुने बताएका छन् । नेकपा एमाले काठमाडौं क्षेत्र नंवर १ निर्वाचन परिचालन कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई अघि बढाउन एमाले सुदृढ राष्ट्रिय एकल शक्तिको रुपमा आउनै पर्ने भन्दै त्यसो हुन नसके मुलुकमा दुर्भाग्य हुने बताएका हुन् । परमादेश लिएर किर्ते ढंगले सरकार बनाएकाहरुले पुन सरकार बनाए मुलुक अप्ठेरोमा जाने उनको भनाइ छ । ओलीले परमादेशी सरकार बनाएदेखि नै अदालत बेहाल अवस्थामा रहेको जिकिर गरे । उनले आगामी निर्वाचन महासंग्राम भएको भन्दै प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्नुपर्ने बताए । गठबन्धनसंग देश बिकासको कुनै लक्ष्य र…

Read More

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताएका छन् । बुधबार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम’मा बोल्दै अध्यक्ष दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताए । चुनाव जितिहालिन्छ भन्नेर ढुक्कसँग नबस्न नेता, कार्यकर्तालाई निर्देशन दिदै उनले जनताको घर–घरमा गएर मतदाता शिक्षा दिन आग्रह गरे । आफू गोरखामा चुनाव लड्न आउनु गोरखाबासीका लागि चुनौती भएको उनको भनाइ छ । अध्यक्ष दाहालले राष्ट्रिय एकताको सन्देश दिनका लागि आफू गोरखामा गएर चुनाव लडेको बताए ।

Read More