नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ को निर्वाचनलक्षित पहिलो चुनावी सभालाई गृहजिल्ला डडेल्धुरामा सम्बोधन गर्दैछन्।
बिहीबार धनगढीबाट डडेल्धुरा पुगेका उनले सदरमुकाम अमरगढी बजारमा आयोजित सभालाई सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्रीसमेत रहेका देउवाको चुनावी भाषण सुन्न नेपाली कांग्रेससहित अन्य दलका कार्यकर्ता र सर्वसाधारण पनि सभास्थलमा जम्मा भएका छन्।
देउवाले सभाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै डडेल्धुरावासीलाई धन्यवाद दिएका छन्। उनले मतदाता फकाउँदै न्यानो स्वागत र मायाका लागि आभार व्यक्त गरेका छन्।
देउवालाई स्वागतका लागि सयौँ कांग्रेस कार्यकर्ता सभास्थलमा जम्मा भएका थिए। उनीसँग भिड्न पुगेका सागर ढकाल पनि स्वागतका लागि लामवद्ध देखिन्थे।
Facebook Comments Box